Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या चार सय ४१ पुग्यो

विश्वका पाँच देशमा मात्रै पाइने अर्ना कोशी टप्पुमा २०३२ सालमा ३३ वटाको संख्यामा रहेकोमा अहिले वृद्धि भई ४४१ पुगेको जानकारी

सोमबार, ७ जेष्ठ २०७५, सगरमाथा पोष्ट

इनरुवा, ७ जेठ

अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । 

सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भाले १३७ वटा रहेका छन् । 

तीमध्ये ८३ प्रतिशत अर्ना कोशी नदीको पूर्वी तटबन्ध आसपास क्षेत्रमा र १७ प्रतिशत अर्ना कोशी नदीको पश्चिमतर्फ बसिरहेको पाइएको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । 

विश्वका पाँच देशमा मात्रै पाइने अर्ना कोशी टप्पुमा २०३२ सालमा ३३ वटाको संख्यामा रहेकोमा अहिले वृद्धि भई ४४१ पुगेको तिवारीले बताए । आरक्षबाट २०७३ को माघमा १३ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको थियो भने कालगतिले पाँच वटा अर्नाको मृत्यु भएको र प्रतिशोधको भावनाले चार वटा अर्ना मारिएको संख्यासहित २२ वटा अर्ना घटेकोमा थप भएको ३१ वटा अर्नासहित आरक्षमा अहिले ४४१ अर्ना रहेको आरक्षले जनाएको छ । 

आरक्षले दिएको जानकारीअनुसार प्रत्येक दुई वर्षमा गरिँदै आएको अर्ना गणना सम्पन्न गरी यस वर्ष पनि नतिजा सार्वजनिक गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले बताए । 

आरक्षमा दुई वर्ष अगाडि गरिएको गणनाअनुसार ४३२ वटा अर्ना रहेका थिए । 
आरक्षमा वार्षिक वृद्धिदर आठ दशमलव एक प्रतिशतका दरले अर्नाको संख्यामा वृद्धि भएको संरक्षण अधिकृत साहले बताए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू