Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

पाटन सङ्ग्रहालयमा आन्तरिक पर्यटकको चाप दिनानुदिन बढ्दै !

पहिले केशवनारायण चोकमा मात्र रहेको सङ्ग्रहालय अहिले मूल चोक र सुन्दरी चोकसम्म फैलिएको छ

बिहीवार, ३ जेष्ठ २०७५, सगरमाथा पोष्ट

ललितपुर, ३ जेठ 

नेपालीमा सङ्ग्रहालय घुम्ने बानीको विकास हुन थालेको छ । पाटन सङ्ग्रहालयमा केही वर्षयता आन्तरिक पर्यटकको चाप बढ्दै गएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताए । 

“अवलोकन गर्न आउनेमा विद्यार्थी बढी रहेका छन्,” उनले भने । पहिले केशवनारायण चोकमा मात्र रहेको सङ्ग्रहालय अहिले मूल चोक र सुन्दरी चोकसम्म फैलिएको छ । उनी भन्छन्, “आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।” 

सङ्ग्रहालय पुनःनिर्माण भइरहेको छ । सङ्ग्रहालयमा एक पटक हेरेको कुरा आगन्तुकले दोहोर्याएर  हेर्न खासै चाहँदैनन् ।

दोहोर्याएर हेर्नका लागि अस्थायी प्रदर्शनी गर्ने सङ्ग्रहालयको योजना छ । लाखे भन्छन्, “फरक–फरक विषयवस्तुमा अस्थायी प्रदर्शनी गरिरहँदा आगन्तुकले नयाँ–नयाँ ज्ञान पाउन सक्छन् ।” 

विसं २०७३ मा २४ हजार २१९ विद्यार्थी तथा ४३ हजार ८५७ आन्तरिक पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका थिए । यस वर्ष विद्यार्थीको संख्या ३० हजार ६७९ र अरू आगन्तुकको सङ्ख्या ६२ हजार ६६९ पुगेको छ । ललितपुर महानगरपालिका र सङ्ग्रहालयले ‘एकद्वार प्रणाली’ लागू गरे यता बाह्य पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू