Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

निकै रुखो छ करिना कपुरको स्वभाव, गरिन् यी चर्चित नायक समेतलाई दुर्व्यवहार

निर्माता निर्देशक करण जोहरले निर्माण गर्न लागेको फिल्ममा नायिका करिना कपुरको जोडी बनेर सिद्धार्थ मल्होत्राले अभिनय गर्ने यसअघि नै समाचार बाहिरिएको थियो

मंगलवार, १ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, जेठ १ 

बलिउडमा इन्ट्री मार्ने वित्तिकै सफल बन्नेहरु कमै हुन्छन् । त्यसमा पनि इन्ट्रीकै लागि पनि संघर्षरत कैयन कलाकारहरु त्यसै हराएर जान्छन् । त्यस्तै एउटा कलाकार जो बलिउडमा इन्ट्री मारेको धेरै समय भैसक्यो तर जम्न भने सकेका छैनन् । अझ अहिले त नायिकासँग जोडी नमिलेको भन्दै फिल्मबाट निकालिए ।

निर्माता निर्देशक करण जोहरले निर्माण गर्न लागेको फिल्ममा नायिका करिना कपुरको जोडी बनेर सिद्धार्थ मल्होत्राले अभिनय गर्ने यसअघि नै समाचार बाहिरिएको थियो । यो जोडीका अलावा फिल्ममा दोस्रो जोडी अभिनेता कार्तिक आर्यन र जान्ह्वी कपूरलाई साइन गराइएको कुरा पनि सार्वजनिक भएको छ । 

करीनाको जोडीको रुपमा अभिनेता सिद्धार्थलाई साइन गराउने बेलामा भने उनी फिट नभएकोभन्दै अर्काे अभिनेता खोज्दैछन् निर्माता निर्देशक करण जोहर । करणले अभिनेत्री करीनाको अपोजिट सिद्धार्थ फिट नभएको भन्दै अर्को अभिनेताको खोजीमा रहेका छन् । समाचारपत्रमा खबर छ ।

एकपछि अर्को फिल्मबाट असफलताको स्वाद चाखेका सिद्धार्थको हातबाट भने एक ठूलो ब्यानरको फिल्म हातबाट बाहिर गएको छ । ओरालो लागिरहेको करियरलाईमाथि उठाउन सही फिल्मको खोजीमा रहेका सिद्धार्थले यस फिल्मबाट बाहिरिनु परेको छ । यस्तै अभिनेता कार्तिक आर्यनलाई भने धर्मा प्रोडक्शन कम्पनीले फिल्मका लागि अनुबन्धन गरिसकेको छ ।

यस फिल्ममा धर्मा प्रोडक्सनकै अर्को फिल्म 'धडक' मार्फत डेब्यू गरिरहेकी जान्ह्वीको साथमा कार्तिकलाई हेर्न सकिनेछ । अभिनेत्री करीना छोरा तैमुर जन्मिएपछि बलिउडमा फर्किन निकै मेहेनत गरिरहेकी छिन् । धर्मा प्रोडक्सनको निर्माणमा बनिरहेको यस नयाँ फिल्मको निर्देशन राज मेहताले गर्दैछन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू