Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

३७ बर्षकी लागिन् सनी लियोनी, थाहा पाउनुहोस् उनिबारे केही रोचक तथ्यहरु :

सन्नीले एउटा मान्छेले जीवनमा कमाउन सक्ने नाम, दाम सबै कमाएकी छिन्

सोमबार, ३१ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ. बैशाख ३१ 

हरेक वर्ष १३ मेका दिन बलिउड अभिनेत्री सन्नी लियोनी जन्मदिन मनाउने गर्छिन् । यस वर्ष सन्नीले आफ्नो ३७औँ जन्मदिन मनाएकी छन् । सन्नीले एउटा मान्छेले जीवनमा कमाउन सक्ने नाम, दाम सबै कमाएकी छिन् । एक पोर्नस्टारका रूपमा स्थापित परिचय र विगतलाई त्यागेर उनी अगाडि बढिरहेकी छन् ।

पछिल्लो समय सन्नी आफ्नो जीवनकथामा बनेको फिल्म ‘करणजित कौर– द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’लाई लिएर चर्चामा छिन् । २०१२ मा आएको पूजा भट्टको फिल्म ‘जिम्स–२’ बाट सन्नीले बलिउडमा डेब्यु गरेकी थिइन् । सन्नीबारे केही तथ्य :

१. सन्नीको असली नाम करणजित बोहरा हो । पन्जाबी मूलकी उनी अमेरिका र क्यानडामा हुर्किएकी हुन् ।
२. सन्नीको नर्स बन्ने सपना थियो । यसका लागि उनले मेडिकल साइन्स पढेकी थिइन् । एक समय उनले करसँग सम्बन्धित कार्यालयमा कामसमेत गरेकी थिइन् ।
३ सन्नी लियोनी र उनका पति ड्यानियल वेबरकोे बिहे २००९ मा भएको थियो । ड्यानियलले हरेक रूपमा सन्नीलाई हौसला दिँदै आएका छन् ।
४. सन्नी लियोनी र ड्यानियल तीन बच्चाका आमाबुबा हुन् । अघिल्लो वर्ष उनीहरूले छोरी निशालाई धर्मपुत्रीका रूपमा लिएका थिए भने यस वर्ष सेरेगोसीका माध्यमबाट उनीहरू थप दुई बच्चाका आमाबुबा बनेका छन् ।
५. सन्नीले पोर्नस्टार बन्नुअघि आफू एक अन्तर्वार्तामार्फत उक्त कुरा परिवारलाई बताएकी थिइन् ।
६. सन्नी सामाजिक संस्थामा आबद्ध छिन् । जुन संस्थाले क्यान्सरपीडितदेखि जनावर संरक्षणसम्मका लागि चन्दा संकलन गर्छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू