Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

वेलडन सन्दिप !

आइपीएल क्रिकेट : पहिलो खेलमै सन्दिप लामिछानेको विकेट, २४ बल खर्चेर मात्र २५ रन दिए

विश्वकै उत्कृष्ट व्याट्सम्यानहरु बिराट कोहली र एबीडिबिलियर्स बिरुद्ध समेत उत्कृष्ट खेल प्रदर्शन, सन्दिपको चौतर्फी प्रशंशा, नेपाली प्रशंशकहरु झनै दंग

आईतवार, ३० बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं, बैशाख ३० । 

इण्डियन प्रिमियर लिग (आइपीएल ) अन्र्तगत शनिबार राती भएको भएको दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले डेब्यु गरे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली दिल्लीले १८१ रनको योगफल तयार पारेको थियो ।

खेलको पहिलो ओभरमै दिल्लीले बलिङका लागि सन्दिपलाई पठाएको थियो । सुरुको ओभरमै सन्दिपले बेलायतका खेलाडी मोइन अली र भारतीय क्रिकेटर पार्थिव पटेललाई राम्रै दबाब दिएका थिए । पहिलो ओभरमा १७ वर्षे ठिटो सन्दिपले मात्र २ रन खर्चिए । 

सन्दिपले आफ्नो दोश्रो ओभरमा आरसीबीका ओपनर पटेलललाई एलबीडब्लुमा पारेर पेभिलियन फर्काइदिए । आफ्नो पहिलो खेलमै विकेट लिन सफल सन्दिपको उद्घोषकहरुले समेत खुलेरै प्रशंशा गरेका थिए । शनिबारको खेलमा सन्दिपले विश्वकै उत्कृष्ट व्याट्सम्यानहरु बिराट कोहली र एबीडिबिलियर्स बिरुद्ध समेत बलिङ गरे । 

पहिलो खेलमै निकै उत्कृट खेल प्रदर्शन गरेका सन्दिपले २४ बल खर्चेर मात्र २५ रन दिएका थिए । आइपिएलमा शनिबार डेब्यू गरेका सन्दिप आइपिएल खेल्ने १३ औं देशका खेलाडी भएका छन् । दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा मौका नपाएका सन्दिपलाई शनिबार भने त्यो अवसर मिल्यो, जसको उनी ब्यग्र प्रतिक्षामा थिए । गत नोबेम्बर महिनामा भएको अक्सन मार्फत दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा खरिद गरेको थियो । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू