Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

बसको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै मृत्यु

“तीव्र गतिमा रहेको बसले गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो”

शनिबार, २९ बैशाख २०७५, सगरमाथा पोष्ट

बनियानी, झापा, २९ वैशाख

झापाको मेचीनगर नगरपालिकामा बसले साइकललाई ठक्कर दिँदा शनिबार एकजनाको मृत्यु भएको छ । 

मेचीनगर–१० स्थित धाइजनमा ना.४ ख. २८८१ नंको मातृ भाग्यरेखा बसले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट करीब २६ वर्षीय एक युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिए । 

मृतकको नाम, ठेगाना खुल्न नसकेको प्रमुख राईले बताए । “तीव्र गतिमा रहेको बसले गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो”, उनले भने । 

बस चालक रामशंखर राय र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक युवक भारतबाट कामको सिलसिलामा काँकडभिट्टा हुँदै नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । सडक दुर्घटनामा परी झापामा वैशाखमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू