Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

कमजोरि नै तागत!

हजुरलाई के लाग्छ! मोडलकोलागि अनुहार नै सबै कुरा हो ? त्यसोभए क्यानेडियन मोडल विन्नी हार्लोलाई हेर्नुहोस्

‘म आफूलाई माया गर्छु, अवसरहरू मेरो काखमा खस्दै आए, यसको लागि म भगवान्लाई धन्यवाद भन्छु, हरेकले आफैंलाई माया गर्ने कोसिस गर्नुपर्छ ।’

बिहीवार, २७ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, वैशाख २७ 

भिटिलिगो, लुकोदेर्मा अर्थात् दुबी रोग भएकी विन्नी हार्लो हालै न्युयोर्कमा आयोजित मेट गालाको रेड कार्पेटमा पहिलो पटक हिँडेकी छन् । मोडलिङका लागि अनुहार नै सबै कुरा हैन भनेर क्यानेडियन मोडल विन्नी हार्लोले प्रमाणित गरेकी छन् । उनी विश्वका टप मोडलहरूको लिस्टमा पनि अग्रपंक्तिमा पर्छिन् ।

न्युयोर्कको राम्रो फेसन इस्टिच्युट मानिने मेट गालाले प्रत्येक वर्ष फेसन एग्जिबिसन गर्दै आएको छ, जहाँ विश्वका एक से एक सेलेब्रिटीहरू विभिन्न डिजाइनरका पहिरनमा सजिएर रेड कार्पेटमा हिँड्ने गरेका छन् ।

सानैदेखि विन्नीको रुचि फेसनमा थियो । मेट गालाको रेड कार्पेटमा उभिनु उनको सपना थियो । ‘मेट गालाको सबैभन्दा मोहक पार्ट भनेको लुक्स हो । मेट त्यस्तो ठाउँ हो, जहाँ आउनकै लागि सेलेब्रिटीहरूले धेरै खर्च गरेर अति राम्राराम्रा लुगा लगाउँछन्,’ उनले भनिन्, ‘मेरो लागि यही चुनौती थियो । तर सबैले प्रशंसा गर्नुभयो ।’ संसारका सेलेब्रिटीहरूलाई एकै ठाउँमा देख्न पाउनु रोचक अनुभूति रहेको उनले बताएकी छन् ।

क्यानडामा जन्मिए पनि उनी अचेल बेलायतमा बस्छिन् । सन् २०१७ मा बेलायतमा उनले वुमन अफ द इयरको अवार्ड नै जितेकी थिइन् । २२ वर्षे विन्नीलाई चार वर्षको उमेरदेखि दुबीको समस्या देखिएको थियो । कुनै समय उनलाई ‘गाई’ र ‘जेब्रा’ भनेर जिस्क्याइने गरिन्थ्यो रे । तर पनि उनले हिम्मत हारिनन् । ‘एकदमै दु:ख लाग्थ्यो,’ उनले भनिन्, ‘तर मेरो जिन्दगी मेरो अनुहारको उपज हैन भन्ने मलाई थाहा थियो । अहिले म आत्मविश्वासी छु ।’

पप स्टार माइकल ज्याक्सनलाई पनि यही रोग लागेको अनुमान लगाइएको थियो । काला वर्णका माइकल पछि गोरा देखिएका थिए । उनको अनुहार र पाखुरामा दुबी आएको थियो । अनुहार, पाखुरासहित शरीरभरि दुबी भएकी विन्नीले फेसन र मोडलिङप्रतिको परम्परात मान्यता परिवर्तन गर्नका लागि क्याम्पेन नै चलाउने प्रण गरेकी थिइन् । उनी स्पेनको अन्तर्राष्ट्रिय ब्रान्डको ब्रान्ड एम्बासडर नै हुन् । ब्रान्ड एम्बासडरका रूपमा उनले ‘बिनासर्त सहनशीलता र समानता’ भन्ने मान्यतालाई प्रमोट गर्दै आएकी छन् ।

‘यो छालाको अवस्था हो, यसलाई जीवन नै परिवर्तन गर्ने कुरा मान्नु हुन्न,’ उनले भनेकी छन्, ‘म आफूलाई माया गर्छु । अवसरहरू मेरो काखमा खस्दै आए । यसको लागि म भगवान्लाई धन्यवाद भन्छु । हरेकले आफैंलाई माया गर्ने कोसिस गर्नुपर्छ ।’

आफूले मेट गालामा लगाएको पहिरनबारे पनि उनले बताइन् ।‘मैले यो पहिरन बनिसकेपछि देखेकी हुँ । गालाबाट आएको ड्रेसको थिमअनुसार डिजाइन अर्डर दिएकी थिएँ’ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू