Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

फ्रेन्च कपको उपाधि पीएजीलाई, फाइनलमा तेस्रो डिभिजनको लेस २-० गोलले पराजित

पिएसजीको जितमा जिओभानी लो सेल्सो र एडिसन काभानीले गोल गरे। खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टिमलाई अग्रता दिलाए

बुद्धबार, २६ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, बैशाख २६ 

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा उपाधिमाथि ह्याट्रिक गरेको छ। लिग वानको उपाधि विजेता पिएसजीले मंगलबार राति फ्रेन्च कपको उपाधिसमेत जितेको हो। यसअघि उसले फ्रेन्च लिग कपको उपाधि पनि जितेको छ ।

मंगलबार राति भएको फाइनलमामा तेस्रो डिभिजनको लेसलाई २-० गोलले हराउँदै पिएसजीले उपाधि जितेको हो।

पिएसजीको जितमा जिओभानी लो सेल्सो र एडिसन काभानीले गोल गरे। खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टिमलाई अग्रता दिलाए।

त्यसपछि पनि पीएसजीले पहिलो हाफमा अर्को गोल गरेपनि मान्यता पाएन। भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा पिएसजीको गोलले मान्यता नपाएको हो ।

तर ७४ औं मिनेटमा काभानीले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। बाँकि समयमा लेस खेलमा फर्कन सकेन।

चोटका कारण मैदान बाहिर रहेका पिएसजीका नेइमार फाइनलमा उपस्थित भएका थिए। उनी खेल्न नसके पनि जर्सी लगाएर रंगशाला छिरेका थिए। उपाधि उचाल्ने बेला उनी पनि सहभागी भएका थिए।

पिएसजीले लगातार चौथो सिजन फ्रेन्च लिग र लिग कपको उपाधि उचालेको छ। पिएसजी फ्रेन्च कपका पछिल्ला ४२ खेलमा अपराजित छ । फ्रेन्च कपमा सन् २०१४ को जनवरी २२ यताका कुनै पनि खेलमा पिएसजी हारेको छैन ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू