Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु

“बिरामी परेकालाई सेल्टर दिने र उपचार गराएर पुनःस्थापित गराउने उद्देश्य उपमहानगरपालिकाले यस्तो योजना अगाडि ल्याएको छ ।”

बुद्धबार, २६ बैशाख २०७५, सगरमाथा पोष्ट

रुपन्देही २६ वैशाख

बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ । 

खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत संकलन शुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए । 

उनले भने, “बिरामी परेकालाई सेल्टर दिने र उपचार गराएर पुनःस्थापित गराउने उद्देश्य उपमहानगरपालिकाले यस्तो योजना अगाडि ल्याएको छ ।” 

मानव सेवा आश्रम र बुटवल उपमहानगरपालिकाबीच भएको सहमतिअनुसार पुनःस्थापित गराउन जग्गा र आवासको व्यवस्था नगरपालिकाले गर्ने र दैनिक सेवा सञ्चालन आश्रमले गर्ने भएको छ । 

बुटवल उपमहानगरपालिका–१३ स्थित जीतगढीमा भवन राखिने र त्यहाँ नियमित गतिविधि सञ्चालनका लागि अन्य विभिन्न संघसंस्थाको सहयोग लिइने बताइएको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मान्छेको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न यस्तो समझदारी गरिएको बताए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू