एजेन्सी, बैशाख २५
आफूलाई माया,र काममा साथ दिन बलिउड अभिनेत्री सनी लियोनीका पति डेनिबियर बीबरले एउटा नयाँ कुरा सार्वजानिक गरेका छन् । बलिउड अभिनेत्री सनी लियानीले दक्षिण अफ्रिकामा नयाँ पति रोजेको उनका पति (डेनिबियर बीबरले) बताएका छन् ।
सनीको बायोपिक ‘करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोनी’का फिल्मका लागि उनले दक्षिण अफ्रिकी अभिनेता मार्क बकनरलाई रोजेकी हुन् । सनी लियोनीका पतिको रुपमा यी अभिनेता यो फिल्ममा देखिने छन् ।
सनी लियोनीले आफ्नो बन्दै गरेको बायोपिकको लागि आफ्ना पति डेनियलको भूमिकाका लागि दक्षिण अफ्रिकी अभिनेतालाई रोजेकी बताइएको छ । दक्षिण अफ्रिकी अभिनेता मार्क बकनरले डेनियलको भूमिका पाएका छन् भने बायोपिकमा सनीको भूमिका आफै गर्दै्छिन् । सनीका पति डेनियलले अभिनय आफ्नो काम नभएको बताएपछि उनले मार्क बकनरलाई राजेकी हुन् ।
यो फिल्मको सुटिङ दक्षिण अफ्रिकामानै हुने तयारी छ । फिल्म बायोपिक सिरिजमा आउनुका साथै सिरिज जी फाइभको डिजिटल च्यानलमा पनि आउने कुरा निश्चित भइसकेको छ ।