Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

सजावट एवं उपहारका वस्तु बनाउने तालीममा युवाको आकर्षण

“बजारमा यसको माग अत्यधिक छ, तालीमपछि स्वरोजगार बनेर आर्थिक उपार्जन गर्न गाह्रो छैन ।”

मंगलवार, २५ बैशाख २०७५, सगरमाथा पोष्ट

नगरकोट, २५ वैशाख

रबरको साँचोमार्फत रेजिनका सजावट एवं उपहारका वस्तु बनाउने तालीमतर्फ युवा आकर्षित भएका छन् । 

रबरको साँचो बनाउने र त्यसैको माध्यमबाट रेजिन प्रयोग गरी क्युरियोका वस्तुसमेत बनाउन सकिने भएपछि युवा सो तालीमप्रति आकर्षित भएका हुन् । 

घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वरद्वारा सञ्चालित १५ दिने उक्त तालीममा भक्तपुरका २६ युवा सम्मिलित छन् । तालीममा १० जना युवा र १६ युवतीले रबरको साँचो बनाउने तथा उक्त साँचोमार्फत रेजिनको वस्तु बनाउने सीप र प्रविधि सिकिरहेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा जारी सो तालीमका सहभागीलाई शमशेर प्रजापति र केशव प्रजापतिले रबरको साँचो बनाउने सीप र प्रविधि सिकाएका छन् । रबरको साँचो बनाएर काष्ठकला, धातुकला र प्रस्तर कलाबाट बनाएको वस्तुको रेजिनबाट दुरुस्तै अर्को साँचो उत्पादन गर्न सकिन्छ । 

“रेजिनबाट बनेको वस्तु माटो, काठ, धातु र ढुंगाबाट बनेकाभन्दा सस्तो हुन्छ”, शमशेर प्रजापतिले भने, “बजारमा यसको माग अत्यधिक छ । तालीमपछि स्वरोजगार बनेर आर्थिक उपार्जन गर्न गाह्रो छैन ।” 

रेजिनबाट बनाइएका सजावटका वस्तु काष्ठकला, प्रस्तरकला र धातुकलाको हुबहु हुने भएकाले उपभोक्ता झुक्किन सक्छन् । तौल कम हुने भएकाले बाह्य पर्यटक क्युरियो सामानप्रति आकर्षित हुन थालेको अर्का प्रशिक्षक केशव प्रजापतिले बताए । रेजिनको वस्तु हलुका हुने हुँदा धेरैभन्दा धेरै सामान लान सकिने भएकाले बाह्य पर्यटक रेजिनको क्युरियो सामानप्रति आकर्षित हुने गरेका छन् । 

“रेजिनको वस्तु बनाउन काठ, ढुंगा, धातु र माटोको जस्तो धेरै समय लाग्दैन”, उनले भने, “रेजिनको वस्तु उत्पादन गर्न धेरै ठाउँ चाहिँदैन, घरमै बसेर उत्पादन गर्न सकिन्छ ।” हाल बजारमा लगानीभन्दा तेब्बर मूल्यमा रेजिनका उत्पादन बिक्री वितरण भइरहेका छन् । कम लगानीमा धेरै मुनाफा लिन सकिने भएकाले तालीमप्रति युवा आकर्षित भएका प्रजापतिले बताए । 

रेजिनबाट ठूला मूर्ति तथा प्रतिमासमेत बनाउन सकिन्छ । यो पानीबाट समेत नबिग्रने हुँदा आजभोलि बजारमा यसबाट बनेका ठूल्ठूला मूर्ति र प्रतिमाको बढी माग हुन थालेको छ । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले युवाको मागको आधारमै तालीम सञ्चालन गरिएको बताए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू