Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

नयाँ शेयर !

चौतारी लघुवित्तको पाँच लाख बढी कित्ता साधारण शेयर- आइपिओ आउँदै

रु एक सय मूल्य अंकित दरको रु पाँच करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि एनआइबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

मंगलवार, २५ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २४ वैशाख :

चौतारी लघुवित्त वित्तीय संस्थाले रु पाँच लाख ४० हजार कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । 

रु एक सय मूल्य अंकित दरको रु पाँच करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि एनआइबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको सो संस्थाले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । 

संस्थाको अधिकृत पूँजी रु ३० करोड, जारी पूँजी रु १८ करोड र चुक्तापूँजी रु १२ करोड ६० लाख रहेको छ । 

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआइबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । 

बुटवलमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्थाले छोटो अवधिमै रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र ३४ वटा शाखा कार्यालय स्थापना गरेको छ । ती कार्यालयबाट २२ हजार ९०८ विपन्न महिलालाई समूहमा आबद्घ गरी रु १७ करोड ६४ लाख ५२ हजार बचत संकलन गरेको छ । 

बुटवलमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्थाले छोटो अवधिमै रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र ३४ वटा शाखा कार्यालय स्थापना गरेको छ । ती कार्यालयबाट २२ हजार ९०८ विपन्न महिलालाई समूहमा आबद्घ गरी रु १७ करोड ६४ लाख ५२ हजार बचत संकलन गरेको छ । 

यस्तै रु ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह गरेको सो संस्थाले गत आर्थिक वर्षमा रु ५७ लाख खूद मुनाफा आर्जन गरेको थियो । संस्थाले चालुु आवको तेस्रो त्रैमासिकसम्ममा रु ६५ लाख ४२ हजार खुद मुुनाफा हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । 

 

आठ अंकले घट्यो बजार 
शेयर बजार आज आठ दशमलव २७ अंकले ओरालो लागेर एक हजार ३४५ दशमलव ३७ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार ‘क’ वर्गका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३३ बिन्दुले ओरालो लागेर २८४ दशमलव शुन्य पाँच प्रतिशत बिन्दुमा पुगेको छ । 

आज १५९ कम्पनीको ११ लाख दुई हजार ५४८ शेयर रु ४३ करोड ४२ लाख ४६ हजार ९१३ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार बैंकिङ पाँच दशमलव एक, होटल ३९ दशमलव ९६, विकास बैंक १४ दशमलव ४६, जलविद्युत् छ दशमलव ३७, फाइनान्स चार दशमलव १२, बीमा ८१ द्यशमलव ७१, उत्पादन १० दशमलव ९४ र माइक्रोफाइनान्स २१ दशमलव ९ बिन्दुले ओरालो लाग्दा अन्य उपसमूहको शेयर भने शुन्य दशमलव ३४ बिन्दुले बढेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू