Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

यातायात व्यवसायीद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता, सरकारसँग ५ बुँदे सहमति !

यातायात व्यवसायी : हामी यातायात क्षेत्रमा मात्र होइन शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा रहेका सिण्डिकेटलाई हटाउन सरकारलाई दबाब दिन्छौं

सोमबार, २४ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, बैशाख २४ 

यातायात व्यवसायी महासंघको पूर्वघोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सरकार र यातायात व्यवसायीबीच  भएको छलफलबाट ५ बुँदे सहमति भएसँगै यातायात व्यवसायी महासंघले यसअघि  घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । 

सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णयको स्वागत गर्दै यातायात व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।

सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आइतबार मध्यरात भएको सहमतिको ५ बुँदा सोमबार सार्वजनिक गर्दै व्यवसायीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन्।

‘संस्थापक भइसकेको अवस्थामा हिजोबाट विधिवत रूपमा सिण्डिकेटको अन्त्य गरेका छौं। हामीलाई जनताको सहयोग र दबाब निरन्तर रूपमा आइरह्यो जसले गर्दा हामीले यो कार्य गर्न सफल भयौं,’ कार्यक्रममा बोल्दै भौतिक मन्त्री  रघुवीर महासेठले भने,‘हामीलाई राष्ट्र बैंक, सुरक्षा परिषद् र अर्थमन्त्रालयबाट सहयोग मिल्यो फलस्वरूप नेपालको यातायात क्षेत्रमा जकडिएको सिण्डिकेटको अन्त्य पूर्ण रूपमा भएको छ।’

व्यवसायीहरूले सकारात्मक रूपमा सहयोग गर्ने बाचा गरेका पनि उनले बताए।

यातायात समितिको बैंक खाता फुकुवा गर्ने सहमति भएको हो? भन्ने प्रश्नमा मन्त्रीले भने, ‘फुकुवा गर्ने मेरो हातमा छैन। यसबारे मलाई जानकारी छैन। जहाँसम्म मलाई थाहा छ यसबारे केही छलफल भएकै छैन।’

कार्यक्रममा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले भने, ‘हामी यातायात क्षेत्रमा मात्र होइन शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा रहेका सिण्डिकेटलाई हटाउन सरकारलाई दबाब दिन्छौं।’

सरकारले समितिको खाता रोक्का गरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘सरकारले खाता रोक्का गरेको छ। यदि अचानक दुर्घटना भयो भने त्यसको भरपाइ कसले गर्छ? तसर्थ सरकारले बैंक खाता फुकुवा गर्नको लागि चाँडोभन्दा चाँडो समाधानका लागि कदम चालोस्।’

यतिमात्र नभई उनले बसपार्कको पनि समस्या  यथाशक्य समाधान गर्न सरकार लागिपर्न आग्रह गरे।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू