Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

धार्मिक पर्यटनको आकर्षक गन्तव्य ‘त्रिपुरासुन्दरी’, मन्दिर निर्माणका लागि भारतको तीन करोड ३३ लाख सहयोग

डोल्पाको त्रिपुरासुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृश्य अत्यन्तै आकर्षक र लोभलाग्दा छन्

सोमबार, २४ बैशाख २०७५, रामचन्द्र न्यौपाने.

त्रिपुराकोट, डोल्पा, २४ वैशाख

चारैतिर होचो भू–भाग । दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ । बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको विशाल संरचना । मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने टाँकेभिर । प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिङ्गा । त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी, मन्दिरको पारिपट्टि देखिने हिउँले सिँगारिएका मुकुटेश्वर, कागमारा र अरु हिमाल, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नाङ्गा डाँडापाखा । मन्दिर अवस्थित जमीनसँग जोडिएको उर्बर फाँट । हावासँगै लहलह झुल्ने धान, मकै, गहुँ,  जौ जस्ता अन्नबाली । उब्जाउयोग्य जमीन मासेर बनाइएका रङ्गीचङ्गी जस्ता छाइएको बस्ती । त्रिपुरासुन्दरी मन्दिरका यी बाहिरी आकर्षण हुन् ।

मन्दिर पुगेपछि देखिने यस्ता दृश्यले मन्दिर पुग्ने जो कोहीको पनि मन लोभिने गर्दछ । डोल्पाको त्रिपुरासुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृश्य अत्यन्तै आकर्षक र लोभलाग्दा छन् । मन्दिर नेपालका परम्परागत मन्दिर भन्दा फरक शैली र आकारको छ । मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड, नदीनालाको दृश्यावलोकन पूजाआजा पछिको भक्तजनको मुख्य रोजाइमा पर्छ ।

चारैतिर होचो भू–भाग र बीचको अग्लो टाकुरामा मन्दिर भएकाले त्यहाँबाट देखिने मनमोहक दृश्य अवलोकन गर्न मात्रै वर्षेनी यहाँ हजारौं भक्तजन आउने गरेको पुजारी निर्मल उपाध्यायको भनाइ छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा व्यवस्थापकीय पक्षमा सुधार हुँदै गएपछि भक्तजनको चाप पनि दिन प्रतिदिन बढ्न थालेको छ । त्रिपुरासुन्दरी मन्दिर नेपालमा मात्र नभई भारतमा समेत ठूलो शक्तिपीठका रुपमा चिनिन्छ । मन्दिर पुग्ने जो कोही भक्तजन आफ्ना फोटोको पछाडि नागबेली आकारको ठूलोभेरी नदी, हिउँले सेताम्ये हिमाल, समथर फाँट अनि विशाल नाङ्गा डाँडाकाँडालाई क्यामेरामा कैद गर्न आतुर देखिन्छ् । अझ विशेष चाडपर्वमा त फोटो खिच्नसमेत पालो पर्खनु पर्छ ।

 

मन्दिर निर्माणका लागि भारत सरकारले रु तीन करोड ३३ लाख सहयोग गरेको थियो ।

प्राचीन शैलीमा निर्माण गरिएको उक्त मन्दिर देशका प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ व्यक्तित्वको प्रमुख गन्तव्यस्थल बन्दै आएको छ । श्री स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अंग कन्ड्याउलो (ढाड) पतन भएको शक्तिपीठ हो यो । यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ । सतीदेवीको अंग पतन भएपछि शक्ति स्वरुपाका रुपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ति छ । त्रिपुरासुन्दरी मन्दिरदेखि पाँच मिनेटको दूरीमा भैरव मन्दिर पनि रहेको छ । एक वर्षयता मात्रै त्रिपुरासुन्दरीमा प्रधानमन्त्री, सुरक्षा प्रमुख र राजदूतहरुबाट भ्रमण भएको छ ।

पञ्चायतकालदेखि राजा–महाराजासमेत दर्शनका लागि यहाँ आउने गरेको बूढापाकाहरु बताउँछन् । यस मन्दिरमा पूर्वराजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रदेखि गुरु शंकराचार्य, पुरीनाथ बाबा लगायतका प्रसिद्ध साधुसन्तले आइसकेका पुजारी बताउँछन् । ठूलो शक्तिपीठ भएपनि दुर्गम भएकाले मन्दिरको महत्व दुनियाँले थाहा पाउन नसकेको अर्का पुजारी रविप्रसाद न्यौपानेले बताए ।

“यो मन्दिर नेपालका अन्य त्रिपुरासुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो, त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कन्ड्याउलो पतन भएको ठाउँ र दशमहाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ,” उनले भने – “उचित प्रचार–प्रसार हुन नसक्दा सम्भावना बोकेर पनि ओझेलमा परेको छ ।”

मन्दिरको तलपट्टि हेलिकप्टर पार्किङ गर्न खाली समथर जमीन छुट्याइएको छ । गत चैत ३० मा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरासुन्दरीमा पूजा गरेका छन् । डोल्पाको इतिहासमै पहिलो पटक बहालवाला प्रधानमन्त्री त्रिपुरासुन्दरी पुगेर पूजाआजा गरेको यहाँका पुजारीहरु बताउँछन् । चैत २९ मा पनि भारतका तीन पूर्वराजदूतले त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेका थिए । पन्ध्रदिने डोल्पा पदयात्राको तालिका बनाएका उनीहरुको पहिलो गन्तव्य त्रिपुरासुन्दरी थियो ।

डोल्पाले धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पूर्वराजदूत रणजीत रायले बताए । उनका अनुसार डोल्पा पुग्ने सबैको चाहना छ तर, कसरी, कहाँबाट डोल्पा जाने भन्नेबारेमा जानकारी नहुँदा चाहेर पनि तीर्थालु डोल्पा आउन सक्दैनन् । डोल्पासम्म पुग्ने हवाई र सडक यातायातको विकास भए डोल्पाले धार्मिक पर्यटन विकासको हिसाबमा फड्को मार्ने राजदूत रायको बुझाइ छ ।

 

यस्तो छ त्रिपुरासुन्दरीको इतिहास

ईसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ । यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ ।

परापूर्वकालमा डोल्पाको त्रिपुराकोट गाविसको कोट गढीमा विक्रम शाही महाराजको दरबार थियो । शाहीले यसै कोट गढीका १४ घर बिष्टलाई आफ्ना काजीका रुपमा राखेका थिए । अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो । त्यस दरबार नजिकै एउटा धान कुट्ने ओखल थियो । ओखलमा धान कुट्ने गरिन्थ्यो । धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलाप देखिन थाल्यो । कहिले चारपाथी धान कुट्दा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुट्दा दुई माना चामल हुने गर्दथ्यो । यस्ता अचम्मका घटना भएपछि यो कुरा मन्त्री बिष्टका कजेनीहरुले आफ्ना काजी बिष्टहरुलाई बताए ।

काजीहरुले यो कुरा थाहा पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाए । शाहीले यस्तो अचम्मको कुरा थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरुलाई बोलाएर ओखल उत्खनन गर्ने मनसाय पोखे । ओखलमुनि के रहेछ भन्ने अनौठो कुरा हेर्न राजा र प्रजा आतुर थिए । सल्लाह भएअनुसार भोलिपल्ट बिहानैदेखि सबै गाउँले बोलाएर ओखल उत्खनन गर्न लगाए । उत्खननमा सयौँ मान्छे लगाइयो ।

बेलुकी हुँदासमेत ओखल निकाल्न सकिएन, थोरै बाँकी रह्यो । सबै थाकेका थिए । बाँकी रहेको काम भोलि पूरा गर्ने शर्तमा सम्पूर्ण टोली घर फर्किए ।

भोलिपल्ट बिहानै सबेरै ओखल उत्खनन गर्न आउँदा त ओखल जस्ताको तस्तै उत्खनन नगरेकै जस्तो अवस्थामा देखिएपछि सबैजना चकित परे । राजाले विभिन्न गाउँबस्तीबाट हजारौँ मान्छे बोलाएर रातदिन लगाएर ओखल उत्खनन गर्न लगाए ।

लगातार दुई दिनसम्मको प्रयास पछि ओखल निकालियो । त्यो अचम्मको ओखलभित्र अनौठा दृश्यहरु देखिए । ओखल तलपट्टि तामाको ओदान, ओेदानमाथि घिउको कराईमाथि तामाको थाली, थालीमाथि षट्कोण यन्त्र, त्यसमाथि कँुडेस र त्यसभित्र नवदुर्गा भगवतीका नौ बहिनीका स्वरुप देखिए । खन्दै गर्दा बाउसोको टुपो तामाको षट्कोण लिखित यन्त्रमा लाग्यो । खन्ने काजी बेहोस भए ।

पुतलीरुपी देवीहरु उडेर विभिन्न ठाउँमा विराजमान भइन् । देवीको रुप लिएका पुतलीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका नामले प्रसिद्ध छन् । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा विराजमान छन् ।

विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् ।

नेपालका बाइसे चौबिसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको शहर तार पुग्दा बाँदर फड्का खोलामा पुल नलाग्दा त्रिपुरासुन्दरीलाई गुठीका रुपमा चढाउने भाकलपछि पुल लागेको र डोल्पाका नौ राज्य एकीकरण गरेको किंवदन्ती छ । डोल्पासम्म पुग्न नेपालगञ्जबाट जहाज चढेर जुफाल विमानस्थल झर्नुपर्छ भने सडक मार्गको प्रयोगसमेत गर्न सकिन्छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू