Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो, दैनिकजसो खस्छन् ढुंगा !

सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढेलो लागेर सुख्खा भएको ठाउँमा पानी परेसँगै पहिरो खस्ने गरेको जानकारी

आईतवार, २३ बैशाख २०७५, नारायण अधिकारी.

चितवन, २३ वैशाख

सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ ।

पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताए । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढेलो लागेर सुख्खा भएको ठाउँमा पानी परेसँगै पहिरो खस्ने गरेको उनले जानकारी दिए ।

सो सडकखण्डलाई तीन भागमा विभाजन गरेर विस्तार गरिँदै छ । तेस्रो खण्ड अर्थात् मुग्लिन नजिकै सुप्रिम रौताहा जेभीले सडक विस्तारको काम गरिरहेको छ । धेरै पहाड भएकाले सो ठाउँमा धेरै पहिरो खस्ने गरेको छ । जेभीका साइड इञ्चिार्ज राजन दाहालका अनुसार शनिबार बिहान चारकिलो भन्ने स्थानमा ८ बजे खसेको पहिरो दिउँसो ३ बजेमात्रै पन्छाउन सकिएको थियो । बिहान तत्काल एकतर्फी बनाएका कारण र सवारीसाधन कम भएकाले ठूलो समस्या नआएको उनले बताए ।

दिउँसो ४ बजे चोरखोलामा पहिरो खसेपछि एक घण्टा ३० मिनेट पहिरो पन्छाउन लागेको उनले जानकारी दिए। शुक्रबार अठ्ठाइस किलो, चोरखोला र कालीखोलामा पहिरो खसेको थियो । एक ठाउँको पहिरो हटाउन आधा घण्टादेखि एक घण्टासम्म समय लागेको थियो । बुधबार र बिहीबार पनि तीन चार ठाउँमा साना पहिरो खसेको दाहालले बताए ।

सडकका अन्य भागमा पनि सानातिना पहिरो खस्ने क्रम शुरु भएको छ । डिभिजनल इञ्जिनियर खनालले चाँडै नै वर्षात् शुरु भएमा समस्या आउन सक्ने बताए । सडक विस्तारको काम भइरहेको र पहिरो रोक्ने काम शुरु भएकाले चाँडै नै वर्षात् हुदा काम नै प्रभावित हुने उनको भनाइ थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले विगत एक साता यता पहिरो र ढुंगा खस्न थालेको र कतिपय ठाउँमा प्रहरीले ढुंगा पन्छाएर सवारी साधन सञ्चालन गराएको बताए। दैनिकजसो साना ठूला पहिरो र ढुंगा खसेको भन्दै उनले चालकलाई एक अर्को सवारी साधनको बीचमा दूरी राखेर सवारी चलाउन, अगाडि हेरेरमात्रै जान, बाटोको अवस्था बुझेर हिँड्न, उछिन्र नजान आग्रह गरिएको बताए ।

अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुंगा र ढिस्को झर्ने अवस्थामा छन् । खनालका अनुसार पहिलो चरणमा झर्न लागेका ढुंगा, ढिस्को र माटो झार्ने काम भइरहेको छ ।

यससँगै दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम हुँदैछन् । उनका अनुसार सडकलाई दुईभागमा विभाजन गरी पहिरो रोक्ने कामका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।

खनालले सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको बताए । तीमध्ये अति नै संवेदनशील रहेका छ ठाउँमा शुरुमा काम गरिने उनले बताए ।

गतवर्ष असार ८ गते राति कालीखोला नजिकै पहिरोमा प्रहरी भ्यान पर्दा चारजना प्रहरीको मृत्यु भएको थियो । वर्षाद् हुनुअघि गतवर्ष पनि समय समयमा सुख्खा पहिरो खसेसँगै कतिपय सवारी साधनमा क्षति पुगेको थियो भने यात्रुले दुःख पाएका थिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू