Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

काठमाडौँ उपत्यकाव्यापी फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’ लाई ६–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो

आईतवार, २३ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २३ वैशाख

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाडौँ उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ ।

कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’ लाई ६–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । समूह ‘इ’ को जीतमा नरेश थापाले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै समूह ‘इ’ कै विशाल गुरुङले दुई तथा रोशन दवाडीले एक गोल गरे । यता समूह ‘सी’ का लागि भने टीकाराम भट्टराईले दुई तथा किशोर तखाछे र जागृत घिमिरेले एक एक गोल गरे ।

आइतबार नै भएको अर्को महिलातर्फको फाइनल भिडन्तमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘डी’ले सोही कम्पनीको समूह ‘ए’ लाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो स्थान हात पार्यो । प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट खेलाडीको उपाधि विशाल गुरुङले पाए भने उत्कृष्ट गोलरक्षकमा कृष्ण प्रधान चुनिए । त्यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि भने नरेश थापाले पाए । उनले प्रतियोगिता अवधिभर १७ गोल गरेका थिए ।

त्यसैगरी महिलातर्फ उत्कृष्ट खेलाडी वन्दना ढुंगाना, उत्कृष्ट गोलरक्षक शान्ति शर्मा तथा सर्वाधिक गोलकर्ता उषा श्रेष्ठ चुनिए । यही वैशाख १८ गतेदेखि शुरु भएको प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलामा चार टोलीले प्रतिष्पर्धा गरेका थिए । विजेतालाई आयोजक कम्पनीका प्रमुख कार्यकारी निर्देशक विवेक झा एवं युनियनका अध्यक्ष बलराम खत्रीलगायतले पुरस्कार प्रदान गरे ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू