Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

घोर्ले झरना पर्यटकहरुको आकर्षणको नयाँ गन्तव्यका रुपमा ठाउँ लिदै

वैशाख १ गते मात्रै घोर्ले झरनाअबलोकन र मनोरञ्जन लिन करिब १ हजार बढी पर्यटकहरुको आगमन

शनिबार, २२ बैशाख २०७५, सगरमाथा पोष्ट

खाँदबारी २२, बैशाख :

संखुवासभाको पाँचखपन नगरपालिका १ मा रहेको घोर्ले झरना पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा चिनिदै गएको छ ।

घोर्ले झरना हेर्न र आसपासका क्षेत्रको दृश्यावलोकन गर्दै रमाउन दैनिक पर्यटकहरू आउने गरेका छन् । कुसुवा खोलाको पानीबाट बनेको यो झरना तीन तला जस्तो बनेर झरेको छ । 

सबैभन्दा माथिको पानीको छाँगा ९ मिटर, त्यस भन्दा तलको ६५ मिटर र अन्तिमको १ सय १७ मिटर गरी यो झरना १ सय ९१ मिटर अग्लो छ ।

जनप्रतिनिधिले घोर्लेे झरनाको प्रचारप्रसार र यसको सम्भावनाबारे अध्ययन गरिरहेका छन् । झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गत वर्ष सांसद विकास कोषबाट सडक निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

उक्त रकमले चैनपुर–बाह्रबिसे सडक खण्डको जौंबारीबाट झरना जाने सडकको डाँडा गाउँसम्म ट्रयाक खोलिएको थियो । झरना जौंबारीबाट झन्डै ११ किलोमिटर उत्तर–पूर्वमा पर्छ । घोर्ले झरना हेर्न आउने पर्यटकहरू दैनिक बढिरहेको उनको भनाई छ । ‘दैनिक १ सय आन्तरिक पर्यटक आउँछन् उनले भने, ‘वनभोज खान आउने र छाँगाको मनोरञ्जन लिनेहरू पनि त्यतिकै छन् ।’ वैशाख १ गते मात्रै झरनामा मनोरञ्जन लिन करिब एक हजार पर्यटक आएका थिए ।

धेरैले झरनालाई नयाँ वर्षको गन्तव्य बनाएको स्थानीय मिलन राईले बताए । ‘विगतमा सडक नहुँदा झरना हेर्न जान समस्या थियो’ उनले भने, ‘अब गाडीबाट सहजै झरना हेर्न पुगिने छ । चर्चामा सुनिदै आएका धनकुटाको नमस्ते झरना, तेह्रथुमको ह्यात्रुङ झरना र भोजपुरको छाँगे खोलाभन्दा यो कम आकर्षकको नभएको उनले बताए । झरनाको प्रचारप्रसार गर्न सके पाँचखपनको मात्र नभई सिंगो जिल्लाको पहिचान रहने नगरपालिकाका प्रमुख विपिन राईले बताए । यसलाई अझै प्रचार गर्न आगामी कात्तिक मंसिरमा घोरे झरना मिनी महोत्सवको आयोजना गर्न छलफल भइरहेको राईले बताए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू