Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

अनौठो अनि फराकिलो गुफा!

रामपुर नगरपालिकामा १ हजार मानिस अट्ने क्षमताको अनौठो गुफा फेला

गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शंख, लगायत विभिन्न भगवानका आकृति, पानीका धारा, पानी पोखरी समेत भेट्टिए

शुक्रबार, २१ बैशाख २०७५, सगरमाथा पोष्ट

रामपुर, पाल्पा, २१ वैशाख

रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । 

रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीयवासी दिनेश कुमालले जानकारी दियका छन् । 

गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शंख, विभिन्न भगवान्का आकृति, पानीका धारा, पानी पोखरी रहेका छन् । गुफाको भित्री भाग निकै फैलिएकाले गुफाभित्र एक हजार मानिस अट्ने क्षमता रहेको शंकर कुमालले जानकारी दिए । 

यहाँका १३ जना स्थानीय युवाले शुक्रबार गुफाको खोजी अनुसन्धान गर्ने क्रममा भित्र पसेर हेर्दा अनौठो प्रकृतिको गुफा फेला परेको नगरपालिका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । यस गुफाले रामपुरको पर्यटन विकासमा ठूलो टेवा पुर्याउने हुदा गुफाको संरक्षण र विकासमा नगरपालिका लाग्ने उनले बताए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू