Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

सिन्डिकोटको पक्ष लिँदै गाडी नचलाउनेको रूट पर्मिट तुरुन्तै खारेज गर्छौं : यातायात व्यवस्था विभाग

विभागका महानिर्देशकले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र शुक्रबार नै बैठक बसी पर्मिट खारेज गरिने बताए

शुक्रबार, २१ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं, वैशाख २१

यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) शुक्रबार नै खारेज गरिने बताएको छ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र शुक्रबार नै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताए।

‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा आफैंले पनि डाटा संकलन गरिरहेका छौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘सबै लगत आइसकेपछि बेलुका बस्ने विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्छ।’

विभागले यसअघि नै गाडी नचलाए एक दिनमै पर्मिट खारेज गर्ने र नयाँलाई एकै दिनमा पर्मिट दिने निर्णय गरेको थियो।

विभागले पर्मिट खारेज गरेपछि सरकारले गाडी जफत गरेर चलाउने विषयमा तयारी गर्ने गृहसचिव प्रेमकुमार राईले बताए।

‘उहाँहरूले पर्मिट खारेज गरेपछि के गर्ने हामी छलफल गर्छौं,’ राईले भने।

यसअघि गृह मन्त्रालयले गाडी नचलाएजफत् गरेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ड्राइभरलाई गाडी चलाउन लगाउने बताएको थियो। सशस्त्र र प्रहरीसँगै झन्डै २१ सय ड्राइभर छन्।

सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज देशभरि सार्वजनिक यातायात बन्द गरेका छन्।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू