Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अवरुद्ध महाकाली राजमार्ग खुला निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

शेयर बजारमा ४ अर्ब बढीको कारोबार, कारोबार रकम गत साताको भन्दा १४.८६ % ले माथि

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१ दशमलव २७ अंकले घटेर अन्तिम दिन १३५७ दशमलव २२ अंकमा पुगेको छ

शनिबार, १५ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १५ वैशाख :

धितोपत्र बजारमा यस साता रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको एक करोड एक लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो । 

कारोबार रकम गत साताको भन्दा १४ दशमलव ८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको रु चार अर्ब आठ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता शेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१ दशमलव २७ अंकले घटेर अन्तिम दिन १३५७ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव शुन्य पाँच अंकले घटेर २८७ दशमलव शुन्य छ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड १५ लाख १० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ । 

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको पाँच लाख २४ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । 

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता विभिन्न १८ कम्पनीको शेयर स्टकमा सूचीकृत भएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू