Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विहावर क्षेत्रमा पर्यटन महोत्सव हुँदै, स्थानीय कृृषि उपजलाई प्राथमिकता दिइने

फुल्चोकी डाँडाबाट सर्बोच्च शिखर सगरमाथा, कञ्चनजंगा, गौरीशंखर, गणेश, माछापुच्छरे लगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ

बुद्धबार, १२ बैशाख २०७५, मीना घोरसाइने.

काठमाडौँ, १२ वैशाख

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो ।

यही वैशाख १५ गतेदेखि आयोजना गरिने तीनदिने महोत्सवबाट विहावर क्षेत्रको पर्यटनको विकासमा टेवा पुग्ने महोत्सव संयोजक क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । प्राकृतिक रुपमा विहावर क्षेत्र निकै नै धनी भएको उनले बताए ।

विहावरको फुल्चोकी क्षेत्र समुन्द्री सतहबाट दुई हजार ७०० किलोमिटरमा उचाइमा अवस्थित छ । उक्त क्षेत्रको फुल्चोकी डाँडाबाट सर्बोच्च शिखर सगरमाथा, कञ्चनजंगा, गौरीशंखर, गणेश, माछापुच्छरे लगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । साथै त्यहाँ २८० प्रजातिका चराचुरुङ्गी का साथै विभिन्न प्रजातिका पुतली पाइन्छ । जैविक विविधताले भरपुर उक्त क्षेत्रमा चितुवा, बँदेल, मृग, सालक, दुम्सी, वनबिरालो, मलसाप्रो, चरिबाघ, काठेभालु लगायतका बन्यजन्तुसमेत पाइने गर्दछ ।

विहावर क्षेत्रको प्रमुख विशेषतामा यहाँ अर्गानिक तरकारी तथा दुग्धजन्य पदार्थ उत्पादन, जडीबुटीको प्रयोग, स्थानीय घरेलु उत्पादन प्रमुख छन् । विहावर क्षेत्र तापक्रमको हिसाबले पनि एकनासको छ । भौगोलिक क्षेत्र राम्रो भए पनि समुदाय निकै नै पिछडिएको अवस्थामा छ ।

यो वर्ष महोत्सवको शुरुआत भए पनि आगामी वर्ष पनि यसलाई निरन्तरता दिइने कुशादेवी सरोकार समाजका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । महोत्सवको नामबाट नै पछि संस्थाको गठन गरिने उनले जानकारी दिए ।

“विहावर नाम ऐतिहासिक भएका कारण पनि महोत्सवको नाम विहावर पर्यटन महोत्सव राखिएको हो,” कुशादेवी सरोकार समाजका अध्यक्ष पुरुषेत्तम सापकोटाले भने । विहावर क्षेत्रको पर्यटनको विकासका लागि सरकारको आँखा नपरेकाले उक्त क्षेत्रको पर्यटनको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको पनि उनले बताए । पैसा कमाउनु मात्र महोत्सवको उद्देश्य नरहेको, उक्त क्षेत्रको प्रचार नै मुख्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादित खानालगायत उत्पादित कृृषि उपजलाई प्राथमिकता दिइनेछ । तीन दिनसम्म चल्ने महोत्सवमा दौड, प्याराग्लाइडिङ र साइक्लिङ मुख्य आकर्षण रहनेछन् साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई पनि सहभागी गराइनेछ । बुधबार पत्रकार सम्मेलन गरी सरोकार समाजले महोत्सवबारे जानकारी दिएको थियो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू