Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

रनवे विस्तारको काम

आँखिर किन अड्कायो चिनियाँ कम्पनीले त्रिभुवन विमानस्थल विस्तारको कार्य ?

प्राधिकरणले पटकपटक काम सुरु गर्न पत्राचार गरेपनि चाइना सान्छी कन्स्ट्रक्सन् इन्जिनिरिङ ग्रुप अफ कम्पनीले सुनुवाइ अझै गरेन

बुद्धबार, १२ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं १२, वैशाख :

चिनियाँ कम्पनीले त्रिभुवन बिमानस्थलको रनवे विस्तारको काम अड्काएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पटकपटक काम सुरु गर्न पत्राचार गरेपनि चाइना सान्छी कन्स्ट्रक्सन् इन्जिनिरिङ ग्रुप अफ कम्पनीले सुनुवाइ गरेको छैन ।

निर्माणको काम गत नोभेम्बरमै सुरु हुनुपर्ने हो । तर, पाँच महिना बित्दासम्म पनि निर्माण सुरु भएको छैन । बारम्बार आग्रह गर्दा पनि नटेरेपछि नागरिक उड्डयन प्राधिकरण निर्माण कम्पनीसँग ठेक्का तोड्ने मुडमा देखिन्छ ।
यसअघि स्पेनिस कम्पनी कन्स्ट्रक्टोरा सान्जोशेले निर्माण कार्य अघि नबढाई ३ वर्ष रोकेर राखेको थियो । सन् २०१३ देखि काम थालेको सान्जोशेले सन् २०१६ को डिसेम्बरसम्म जम्मा २० प्रतिशत काम सकेको थियो ।

काम नगरेको भन्दै सान्जोशेसँग ठेक्का तोडेपछि विमानस्थल बिस्तारलाई प्राधिकरणले तीन भागमा बिभाजन गरेर छुट्टाछुट्टै ठेक्का लगाएको थियो । त्यसमध्य रनवे विस्तार अर्थात एनसीबी ००१ को जिम्मा चाइना सान्छीले पाएको थियो ।

तर, यो कम्पनीले पनि काम गरेन । स्रोतका अनुसार अहिले प्राधिकरणमा ठेक्का तोडीहाल्ने वा केहि समय पर्खने भन्ने छलफलमा छ । ‘ठेक्का तोड्ने नै हो, अरु विकल्प देखिँदैन,’ एक अधिकारीले भने, ‘एक महिना पनि पर्खने स्थिति छैन ।’

दुई ठेकेदार कम्पनीले भने काम गरिरहेका छन् । एउटा कम्पनीले विमानस्थलको टर्मिनल निर्माण र अर्कोले जेनरेटर तथा अन्य उपकरण जडान गरिरहेको छ ।

पछिल्लो समय नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, टीआईएमा ल्यान्ड हुने विमानहरुको सख्या बढ्दो छ । तर, विमानस्थलको क्षमता भने बढ्न सकेको छैन । यसका लागि क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा नबन्दासम्म टीआईएलाई सम्भव भएसम्म विस्तार गर्नुको विकल्प छैन ।

विमानस्थलमा चाप बढेका कारण विमानहरुले काठमाडौंका आकासमा ४५ मिनेटसम्म होल्ड भएर बस्नु पर्ने स्थिति छ । विमानस्थलमा केहि समस्या देखिए अन्तर्राष्ट्रिय उडानहरु रद्द गर्नुपर्छ । केहि दिनअघि मात्रै मालिन्दो एयरको विमान रन वेबाट चिप्लिएर बाहिर गएपछि झण्डै १२ घन्टा उडान प्रभावित भयो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू