Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

बुलिश ट्रेन्ड

हौसिए लगानीकर्ता ! नेप्सेमा ५० अंकको फराकिलो सुधार, एक अर्ब ३२ करोड बढीको कारोबार

आइतबार नेप्से बढ्दा कारोबार रकम अघिल्लो साताको अन्तिम दुई दिनको औसत कारोबार रकमभन्दा १० करोड बढीको करोबार भएको छ

आईतवार, ९ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं, बैशाख ९ 

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५० दशमलव १८ अंकले बढेको छ । अघिल्लो साता ११० अंकले बढेको नेप्सेमा नयाँ वर्षको दोस्रो साता पनि उत्साह छाएको हो ।

बैंक तथा वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिको वित्तीय प्रतिवेदन प्रकाशन गर्न थालेको प्रभाव आइतबारको सेयर बजारमा देखियो । बजारमा लगानीकर्ताको बाक्लो उपस्थिति सहित भएको उच्च कारोबारको निरन्तरताले अन्तिम क्वार्टरमा हुने नेप्सेको ट्रेन्ड यस वर्ष पनि जारी हुने देखिएको जानकार बताउँछन् ।

आइतबार नेप्से बढ्दा कारोबार रकम अघिल्लो साताको अन्तिम दुई दिनको औसत कारोबार रकमभन्दा १० करोड बढीको करोबार भएको छ । पछिल्ला कारोबारमा दैनिक १ अर्ब १० करोडभन्दा माथि कारोबार हुने गरेकोमा यसदिन नेप्सेमा १ अर्ब ३२ करोड ५ लाख ३ हजार १३० रुपैयाँको कारोबार भयो । यसक्रममा १६७ कम्पनीका २८ लाख ८९ हजार ९४३ कित्ता सेयर खरिदविक्री भए ।

नेप्से बढ्दा यसदिन “क” वगका कम्पनीहरुको मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १०.०८ अंकले बढ्दै ३ सय ४ दशमलव ११ अंकमा पुगेको छ ।

आइतबार लगानीकर्ताको कूल सम्पत्तिमा करिब ५९ अर्ब रुपैयाँ थपियो । कारोबार सुरु हुँदा १६ खर्ब २७ अर्ब ९४ करोड रहेको बजारमा कुल पूँजीकरण १६ खर्ब ८६ अर्ब ७९ हरोड रुपैयाँ पुगेको हो ।

आइतबार कारोबारमा आएका ९ वटै समूहको समहूगत परिसूचक बढेपछि नेप्सेका उच्च सुधार आयो । ती मध्ये लघुवित्त, जलविद्यू्त र बीमा समूहका कम्पनीहरुको सेयर मूल्य उच्च रुपमा बढेको हो । यी ३ समूहको समूहगत परिसूचक क्रमशः ५.८९ प्रतिशत (१००.२३ अंक), ५.२६ प्रतिशत (८९.८८ अंक) र ५.०३ प्रतिशत (३५२.९९ अंक) बढे । बढ्नेमा बैंकिङ, होटल, विकास बैंक र वित्त समुहका परिसूचक पनि ३ प्रतिशतले बढे । आज ट्रेडिङ समूहको कुनै कारोबार भएन ।

आइतबार ४ कम्पनीका सेयरधनीले १० प्रतिशत कमाए । अरुण काबेली पावर, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर शेयरको मूल्य १० प्रतिशतले बढ्दा रिडि हाइडोपावर डेभलपमेन्टबको सेयरमूल्य सबैभन्दा धेरै ३.३४ प्रतिशत घटेको छ ।

आइतबार कुमारी बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यसदिन कुमारीका १ लाख ९२ हजार ६३८ कित्ता सेयर प्रतिकित्ता २८७ रुपैयाँको दरमा ५ करोड ३९ लाख ३५ हजार रुपैयाँमा किनबेच भए । कुमारी बैंकको २०५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कुमारीले हकप्रद जारी गर्न सोमबार बुक क्लोज गर्दैछ । कुमारीले १०ः२ अनुपातमा १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू