Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

गुर्दुमडाँडाबाट प्याराग्लाइडिङ गरिने, ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान

प्याराग्लाइडिङको लागि १५ वटा छाताप्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको महोत्सव मूलसमारोह समितिले जनाएको छ

आईतवार, ९ बैशाख २०७५, सगरमाथा पोष्ट

बनेपा, ९ बैशाख

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ ।

पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।

प्याराग्लाइडिङको लागि १५ वटा छाताप्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको महोत्सव मूलसमारोह समितिले जनाएको छ ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले पोखराको वैकल्पिक क्षेत्रको रुपमा गुर्दुम डाँडालाई प्रयोगमा ल्याउन र पनौतीको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सो उडान गर्न लागिएको बताए ।

“पोखराको प्याराग्लाइडिङ व्यवसायीहरुले विकल्प खोजीरहेको अवस्थामा बिहावर क्षेत्र वैकल्पिक ठाउँ बन्नसक्छ, त्यसका लागि पनि यो महोत्सवले थप टेवा पुर्याउने छ” उनले भने,“उक्त डाँडाबाट उडेको प्याराग्लाइडिङ कुशादेवीमा ओह्रालिनेछ । यसअघि पनि सो डाँडामा प्याराग्लाइडिङ उडानको परीक्षण गरिए पनि अनुमति दिइएको थिएन । अहिले भने अनुमति सहितको उडान गर्न लागिएको हो ।”

पर्यटकीय र कृषिको सम्भावना बोकेको कुशादेवी बिहावर क्षेत्र पनौती बजारबाट करीब चार किलोमिटर दक्षिण–पश्चिम पर्दछ । स्थानीय कला र संस्कृतिको प्रवद्र्धन र अगान्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको सो महोत्सव यही बैशाख १५ देखि १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवमा प्याराग्लाइडिङ, साइक्लिङ र हाफम्याराथुनलगायतका आकर्षण हुनेछ । महोत्सवमा रु ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवमा दुग्धजन्य पदार्थको व्यापार गर्नुकासाथै प्रत्येक घर–घरलाई महोत्सवमय गराउने तयारी भइरहेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू