Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

पर्यटकीय गन्तब्य

पर्यटक लोभ्याउँदै घुम्टे, घुम्टेलाई पर्यटकीय केन्द्र बनाउन राज्यले लगानी बढाउनुपर्नेमा जोड

पूजाआजा चल्ने सबै महिना र दिनमा मन्दिर दर्शन गर्न सकिने व्यवस्था, पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य बन्दै

आईतवार, ९ बैशाख २०७५, रामबहादुर थापा .

बागलुङ, ९ वैशाख :

गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । 

प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । 

गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतका अनुसार वर्षेनी हजारौँ पर्यटकले घुम्टे चढ्ने गरेका छन् । विगतमा वैशाख पूर्णिमामा मात्र मेला लाग्ने घुम्टेमा विगत छ वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ समेत हुँदै आएको छ । पर्यटन प्रवद्र्धनका गतिविधिले पर्यटकको आगमन पनि बढेको अध्यक्ष बस्नेतको भनाइ थियो । “पदमार्गलगायतका पूर्वाधारका काम र प्रचारप्रसारले पर्यटकको संख्या बढ्दो छ”,उनले भने । 

प्राकृतिक सुन्दरतायुक्त घुम्टेको शिरमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई पनि बढावा दिएको छ । पौराणिक किंवदन्तीसँग जोडिएका ती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासमा टाढा–टाढाबाट भक्तजन त्यहाँ पुग्ने गर्छन् । पूजाआजा चल्ने सबै महिना र दिनमा मन्दिर दर्शन गर्न सकिने व्यवस्था छ । पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य बनेको छ । नयाँ वर्षमा घुम्टे चढ्नुभएका बागलुङ सदरमुकामवासी मनिष रायमाझीले रोमाञ्चक अनुभूति भएको बताए । 

तीन घण्टाको पदयात्रापछि रायमाझी घुम्टेको चुचुरोमा पुगेका थिए । ‘निकै साहसिक र रोमाञ्चक भयो यात्रा,’ उनले भने, ‘घुम्टेमा पर्यटन विकाको प्रचुर सम्भावना छ ।’ केन्द्रले घुम्टे चढ्न “रिचौर, टेउवा हुँदै जाने तीन किलोमिटर पदमार्ग बनाएपछि पर्यटकलाई थप सहज भएको छ । उक्त पदमार्ग हुँदै घुम्टेलाई फेरो मारेर पाण्डवखानीको सिद्धथान ओर्लन थप तीन किलोमिटर पदमार्ग बनाउन बाँकी छ । पाण्डवखानीबाट घुम्टे चढ्ने पर्यटकले पुरानै बाटो प्रयोग गर्ने गरेका छन् । 

पदमार्ग, मन्दिरको स्तरोन्नतिलगायतका पूर्वाधारका काममा हालसम्म रु एक करोडभन्दा बढीको काम भएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । “पर्यटन मन्त्रालय र स्थानीय जनश्रमदानमा काम भएको छ”, उनले भने, “पर्यटन पूर्वाधारका क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ ।” उपाध्यक्ष थापाले घुम्टेलाई पर्यटकीय केन्द्र बनाउन राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । प्राकृतिक सुन्दरता, हिमालमा सूर्योदय र सूर्यास्तका बेलका देखिने चमक, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जंगल आदि घुम्टेका सौन्दर्य हुन् । 

वसन्त ऋतुमा ढकमक्क फूल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटक घुम्टे चढ्ने गरेका छन् । सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुङ्गा, दह पानी, टोड्के पानी, नाङृभिर, पैराका सोतो शालीग्राम आदि घुम्टेका धार्मिक तथा पर्यटकीय आकर्षण हुन् । घुम्टेबाट गलकोटे राजाको दरबार, ‘स्टोन भिलेज’को रुपमा परिचित हरिचौर बजार, गाईघाटको झरना, गाजाको दह, गौदी र दरमखोलाका दर्जन बढी पुल, गुल्मीको टक्सार बजारलगायत दर्जनौँ आकर्षकस्थल अवलोकन गर्न सकिन्छ । 

घुम्टे क्षेत्रमा डाँफे, मुनाल, काँडेभ्याकुरलगायत सयौँथरिका चरा, कस्तुरी, मृग, घोरल, चित्तल, थार, भालुलगायतका वन्यजन्तु पाइन्छन् । चिराइतो, पाँचआंँले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, शिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीरजस्ता औषधिजन्य जडीबुटी पाइन्छन् । घुम्टेकोे चुचुरोमा मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चार वटा नाकाबाट पुग्न सकिन्छ । हरिचौरको टेउवा, मल्मको टोकरी, पाण्डवखानीको सिद्धथानसम्म गाडी पुगे पनि त्योभन्दा माथि करीब तीन घण्टाको पदयात्रापछि घुम्टे पुग्न सकिन्छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू