Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय

सातामै फराकिलो अन्तरले बढ्यो सेयर बजार, ५ दिनको अवधिमा १०८ अंकले नेप्से उकालो

यस साता नेप्सेमा १८१ कम्पनीहरुको कारोबार भएको छ, गत साता १८३ कम्पनीहरुको कारोबार भएको थियो, यो साता बिमा समूह सबैभन्दा धेरै ७६८ अंकले उक्लिएको छ

शुक्रबार, ७ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं ७, बैशाख :

यो साता सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। पाँच दिनको अवधिमा १०८ अंकले नेप्से बढेको छ। साताको पहिलो दिन आइतबार १२८० अंकमा रहेको नेप्से अन्तिम दिन बिहीबार १३८८ अंकमा पुगेको छ।

अघिल्लो साताको तुलनामा भने ११० अंकले नेप्से बढेको हो। अघिल्लो साता बन्द हुँदा नेप्से १२७७ अंकमा थियो। यस साता कारोबार भएका पाँचै दिन नेप्से हरियो अंकमा रह्यो। पहिलो दिन आइतबार तीन अंकले, सोमबार १७, मंगलबार ३४, बुधबार ३२ र बिहीबार २५ अंकले नेप्से बढ्यो।

महिनौंदेखि घटिरहेको बजारमा अघिल्लो साता केही सुधार देखिएपछि यो साता लगानीकर्ता आशावादी रहे। जसले गर्दा सेयर बजारमा ठूलो अंकको वृद्धि देखिएको हो।

विगत तीन सातालाई हेर्ने हो भने नेप्से परिसूचक २२० अंकले बढेको छ। चैत १२ गते ११६८ अंकसम्म नेप्से झरेको थियो।

परिसूचक मात्रै नभई कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस साता ४ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भयो। कारोबार रकम गत साताको भन्दा ३८ प्रतिशत बढी हो। गत साता दुई अर्ब ९५ करोडको सेयर किनबेच भएको थियो।

यस साता नेप्सेमा १८१ कम्पनीहरुको कारोबार भएको छ। गत साता १८३ कम्पनीहरुको कारोबार भएको थियो। यो साता बिमा समूह सबैभन्दा धेरै ७६८ अंकले उक्लिएको छ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०८.१६ अंकले बढेर अन्तिम दिन १३८८.३१ अंकमा पुगेको छ। जलविद्युत २०५, होटल १९७, उत्पादन १०२, लघुवित्त २११, बैंकिङ ७३, विकास बैंक ४० र वित्त समूह ४० अंकले बढेका छन्। व्यापार भने ३ अंकले घटेको छ। क वर्गका कम्पनीहरुको सूचक सेन्सिटिभ २१ अंकले घटेको छ।

यस साता कारोबार रकमका आधारमा सूर्य लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोड ४२ लाख रुपैयाँको कारोबार भयो। कुमारी बैंकको ११ करोड तथा युनाइटेड इन्स्योरेन्सको १० करोडको सेयर किनबेच भयो। चिलिमे जलविद्युत कम्पनी र नेपाल बैंक पनि उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा कुमारी बैंक अग्रस्थानमा रह्यो। उसको चार लाख २४ हजार कित्ता सेयर किनबेच भयो। कारोबार संख्याको आधारमा १७९७ पटकको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू