Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

सरस्वती युथ क्लब निस्क्रिय भएपछी खेलाडी चोरी धन्दामा सक्रिय !

सरस्वती युथ नेपालको ‘ए’ डिभिजन क्लबका टोली प्रमुख मोबाइल, ल्यापटप लगायतका सामग्री चोरी गरेको आरोपमा पक्राउ

बिहीवार, ६ बैशाख २०७५, सगरमाथा पोष्ट

 काठमाडौं ६, बैशाख :

सरस्वती युथ नेपालको ‘ए’ डिभिजन क्लब हो । उसले पछिल्लो पटक २०१३–१४ मा ‘ए’ डिभिजन लिग खेल्दा दिपेश श्रेष्ठ टोलीका प्रमुख सदस्य थिए । त्यो वर्ष नकआउट प्रतियोगिताहरुमा पनि उनले गोल गरेका थिए । तर, लामो समयसम्म ‘ए’ डिभिजन लिग नै हुन छाडेपछि सरस्वती क्लब निक्रिय जस्तै भएको छ ।

खेलाडीहरु पनि तितरवितर भएका छन् । उनीहरु मध्येका एक दिपेश भने चोरीको आरोपमा पक्राउ परेका छन् ।

मोबाइल, ल्यापटप लगायतका सामग्री चोरी गरेर विक्री वितरण गर्ने कारोबारी सक्रिय रहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली श्रेष्ठसम्म पुगेको थियो ।

प्रहरीले बुधबार काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई शंकास्पद अवस्थामा भेटेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा साथीसँग मिलेर चोरीका सामान किनबेच गर्ने गरेको बयान दिए ।

प्रहरीका अनुसार चोरीका सामान फुटबलर श्रेष्ठको कोठामा लुकाएर राख्ने गरेको पाइएको छ ।

खनतलासीका क्रममा श्रेष्ठको कोठाबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, सोनी कम्पनीको ३२ इन्जको टिभी एक थान, ५ वटा ल्यापटप लगायतका सामग्री बरामद भएको छ ।

हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले चोरीमा संलग्न भएको स्वीकार गरेका छन् । सुवाससँग एक वर्षदेखि चिनजान रहेको र साथीकै लहैलहैमा लागेर चोरी गरेको उनले बताएका छन् ।

चोरीका सामानहरु फेसबुक ग्रुप र अनलाइन किनबेच गर्ने वेवसाइटमार्फत विक्री वितरण गर्दै आएको बयान दिएका छन् ।

पक्राउ परेका दुवै जनामाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू