Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

कीर्तिमानको लक्ष्यसहित बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

डिमिटी टरटिचिनमीको कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्ने र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्य

बुद्धबार, ५ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ५ वैशाख

‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् ।

युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये पहिलो हुन लागेका टरटिचिनमीले बिहीबार तिब्बतको ल्हासातर्फबाट सगरमाथा आरोहण थाल्न लागेको बुधबार ग्लोबल एक्सन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीसँगै अन्य २० युरोपेली आरोहीको टोली सगरमाथा चढ्न लागेको हो । उनका पिता पनि आरोही हुन् ।

बाह्र वर्षको उमेरदेखि आरोहण यात्रा थालेका टरटिचिनमीले बेलायतस्थित आफूले पढ्ने चार्टर विद्यालयका करीब ८०० विद्यार्थीबाट संकलन गर्ने करीब रु १३ लाख र अन्य सहयोगबाट नेपालको शिक्षामा सहयोग गर्नेछन् ।

हालसम्म सातवटा हिमाल आरोहण गरिसकेका उनले यसअघि अफ्रिकाको पाँच हजार ७२० मिटर अग्लो किलिमञ्जारो आरोहरणमा प्रयास गरेका थिए । सन् १९७३ मा नेपालका शम्भु तामाङले १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर कम उमेरको कीर्तिमान कायम गर्नुभएको थियो भने सन् २०१० मा संयुक्त राज्य अमेरिकाका १३ वर्षीय जोर्डन रोमेरोले सर्वोच्च शिखरमा पाइला टेकेका थिए ।

ग्लोबल एक्सन नेपालका राष्ट्रिय निर्देशक बाबुकाजी श्रेष्ठले विद्यार्थी जीवनमा साहस र पवित्र लक्ष्यका साथ आरोहरणमा लागेका टरटिचिनमीले सहयोगले नेपालको शिक्षामा योगदान दिने बताए।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू