Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

नेप्से दोहोरो अंकले बढ्यो, अघिल्लो दिनको तुलनामा ३९ करोड रुपैयाँ बढि कारोबार !

१६६ कम्पनीका १९ लाख १० हजार २२८ कित्ता सेयर १० हजार ११२ पटक कारोबार हुँदा ९६ करोड २८ लाख रुपैंया बराबरको कारोबार भयो

मंगलवार, ४ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं, ४ वैशाख

मंगलबार शेयर बजारको परिसुचक नेप्से ३३ अंकले बढेको छ।

यस दिन १६६ कम्पनीको ९६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यो कारोबार अघिल्लो दिनको तुलनामा ३९ करोड रुपैयाँले बढि हो।

यस दिन ब्यापार ५ अंकले घटे बाहेक सबै उपसुचकहरु बढेका छन्।

बैंकिङ १२, होटल ८६, बिकास बैंक ३५, जलविद्युत ४०, फाइनान्स ८, बीमा ३६०, उत्पादन ५४, अन्य २१ र माइक्रोफाइनान्स उपसुचक १२० अंकले बढेका छन्।

यस दिन कारोबारका आधारमा सुर्या लाइफ इन्सुरेन्स अग्र स्थानमा रह्यो। यसको ५ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

त्यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भयो।

धेरै नाफा कमाउनेमा महिला सहायता माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्सुरेन्स र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ता अग्र स्थानमा रहे। यसका लगानीकर्ताले १० प्रतिशत कमाए।

त्यस्तै सहयोगी बिकास बैंकका लगानीकर्ताले ४ प्रतिशत गुमाए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू