Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

थाइल्यान्डको थाइ-लायन एयरले पायो नेपालमा उडान गर्ने अनुमति

कम्पनीलाई हप्ताको ३ पटक नियमित र ४ पटक अस्थायी किसिमको उडान भर्न पाउने गरी अनुमतिपत्र दिईयो

सोमबार, ३ बैशाख २०७५, सगरमाथा पोष्ट

३ वैशाख, काठमाडौं ।

थाइल्यान्डको थाइ-लायन एयरले पनि नेपालमा उडान थाल्ने भएको छ । जेठ २ गतेबाट थाइ-लायनले काठमाडौं उडान गर्ने तय भएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा ७ पटक उडान गर्ने गरी उडान अनुमति जारी गरेको हो । कम्पनीलाई हप्ताको ३ पटक नियमित र ४ पटक अस्थायी किसिमको उडान भर्न पाउने गरी अनुमतिपत्र दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले  जानकारी दिए ।

यो एयरलाइन्सले बैंककस्थित दन मुयाङ इन्टरनेसनल एयरपोर्टबाट उडान भर्नेछ । यो कम्पनीको प्रवेशसँगै थाइल्याण्डबाट नेपालमा सीधा उडान गर्ने कम्पनी दुई पुगेका छन् । अहिले थाइ एयरवेजले यस्तो सेवा दिइरहेको छ ।

थाइलायन आएपनि नेपालबाट विदेशमा उडानमा भर्ने कम्पनी ३० पुगेको छ । लायन एयरलाइनको भगिनी थाइ-लायन एयरलाइन्स २२ वटा गन्तव्यमा उडान भर्छ । थाइलायनले नेपालमा बोइङ ७३७-८०० जहाजबाट उडान भर्नेछ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू