Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

२६ वर्षपछि आउंदै माधुरी र अनिल कपुरको जोडी, श्रीमान–श्रीमतीको भुमिकामा देखिने !

फिल्म ‘टोटल धमाल’मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुराको जानकारी अनिलले ट्वीटरमार्फत दिएका छन्

आईतवार, २ बैशाख २०७५, सगरमाथा पोष्ट

२ बैशाख, मुम्बई :

माधुरीसँग २६ वर्षपछि अनिल कपुरको जोडी बाधिने भएको छ फिल्म टोटल धमाल मार्फत । बलिउडका सुपरहिट जोडी अनिल कपुर र माधुरी दीक्षित पर्दामा एकसाथ देखिने भएका छन् ।

फिल्म ‘टोटल धमाल’मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुराको जानकारी अनिलले ट्वीटरमार्फत दिएका छन् । इन्द्र कुमारले निर्देशन गर्ने फिल्मको शुटिङ्ग समेत सुरु भइसकेको छ ।

‘शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो । टोटल धमालको शुटिङ्ग सुरु भएको छ । माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं । तर हाम्रो क्षमता फिल्म ‘बेटा’का दिनहरुजस्तो छ । यो यात्रा रोमाञ्चक हुनेवाला छ ।’

फिल्ममा अर्जुन र माधुरी श्रीमान–श्रीमतीको भुमिकामा देखिनेछन् । यसअघि अनिल र माधुरीले फिल्म ‘लज्जा’मा अन्तिमपटक सँगै काम गरेका थिए । दुबैले दर्जनौ फिल्ममा सँगै काम गरेका थिए। जसमा हिफाजत, तेजाब, परिन्दा, राम लखन, किशन कन्हैया, बेटा, खेल, पुकारजस्ता फिल्म छन् ।

ट्विट गर्दै कपुरले भने, ‘शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो । टोटल धमालको शुटिङ्ग सुरु भएको छ । माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं । तर हाम्रो क्षमता फिल्म ‘बेटा’का दिनहरुजस्तो छ । यो यात्रा रोमाञ्चक हुनेवाला छ ।’

‘टोटल धमाल’ आगामी डिसेम्बर ७ मा रिलिज हुनेछ । फिल्ममा माधुरी र अनिलका अलावा अजय देवगन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, संञ्जय मिश्राको पनि अभिनय देख्न पाइनेछ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू