Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने, यात्रुहरुलाई थप सुबिधा

आईतवार, २५ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, २५ चैत : 

दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ । 

प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो । 

सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागाँईले रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका सत्र ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए । “सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ,”– उनले भने । 

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैँकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस वैशाखको अन्तिम हप्ता नेपाल आइसक्ने र जेठको पहिलो हप्ताबाट सञ्चालन हुने गुरागाईँले बताउनुभयो । नयाँ बस सञ्चालनका लागि दुवै समिति तथा प्रालिको टोली बस ल्याउनका लागि भारत गइसकेको छ । 

सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नापार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नापार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ । जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारी साधन तथा टर्सरी रुटमा साना सवारी साधन सञ्चालन गर्न पाइनेछ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू