Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

सम्पदाको प्रवद्र्धन गर्न हनुमानढोकादेखि स्वयम्भूनाथसम्म पैदल यात्रा गरिने

वैशाख ५ गते विश्व सम्पदा दिवसका दिन गरिने उक्त यात्रामा स्वदेशी तथा विदेशीलाई त्यस क्षेत्रका ऐतिहासिक पक्षका बारे जानकारी गराइने

शुक्रबार, २३ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, २३ चैत

विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूनाथसम्म पैदल यात्रा गरी स्थानीय सम्पदाको प्रवद्र्धन गरिने भएको छ ।

आगामी वैशाख ५ गते विश्व सम्पदा दिवसका दिन गरिने उक्त यात्रामा स्वदेशी तथा विदेशीलाई त्यस क्षेत्रका ऐतिहासिक पक्षका बारे जानकारी गराइने छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा पर्ने दुवै विश्व सम्पदास्थलबारे प्रचारप्रसार गर्नका लागि सोही क्षेत्रका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन भइसकेको छ । उक्त समितिले आगामी वैशाख २ देखि ८ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सरसफाइ, फोटो प्रदर्शनी, खेलकूद, सम्पदा पैदल यात्रा, सम्पदासम्बन्धी हुलाक टिकट प्रदर्शनी, कलासम्बन्धी कार्यशाला, सांस्कृतिक कार्यक्रमसमेत गरिने जनाइएको छ ।

सांसद श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत एक स्थलबाट अर्को विश्व सम्पदास्थलसम्मको पैदल यात्रा विश्वमै नौलो प्रयोग हुने बताउँदै यसले त्यस क्षेत्रका स्थानीय महत्वका अन्य सम्पदाबारे पनि प्रचार गर्न सहयोग पुग्ने बताए ।

नेपालको मौलिक कलाशैलीको विशेषताले अन्तर्राष्ट्रिय तहमा मुलुकको अलग्गै पहिचान र विशिष्टता कायम गरेको जनाउँदै उनले यसको विकास र संरक्षणको खाँचो रहेको बताए । विश्व सम्पदादेखि विश्व सम्पदासम्मको दूरी करीब दुई किलोमिटर छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू