Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

डोल्पामा हवाई टिकट नपाउँदा सर्वसाधारण समस्यामा, उडान थप्न दुई मन्त्रीलाई माग

ता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ

शुक्रबार, २३ चैत्र २०७४, सगरमाथा पोष्ट

डोल्पा, २३ चैत

दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ ।

जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पहुँच र भनसुनको आधारमा हवाई टिकट बाँड्ने परिपाटीले सर्वसाधारणलाई हरेक दिन समस्या हुने गरेको बुटवल निवासी गोपाल पौडेलले बताए ।

लामो समयसम्म सदरमुकाम दुनैमा रहेको निर्दन उत्थान बैँकमा काम गरेर सरुवा भएपछि घर फर्कन थालेका पौडेललाई पनि टिकट नपाएर जुफाल विमानस्थलमा तीन दिन रोकिनुपर्यो ।

जुफाल विमानस्थलमा नियमअनुसार जो अगाडि आउँछ त्यसैलाई प्राथमिकता दिनुका साथै फोनबाट टिकट ‘बुक’ गराउने परिपाटिको अन्त्य गरेपछि मात्र सर्वसाधारणलाई सहज हुने उनको बुझाइ छ ।

सीता र गोमा एअर सेवामुखी भन्दा नाफामुखी भएकाले जुफाल विमानस्थलमा यात्रको चाँप भएको बेला पूर्वतिर उडान गर्ने गरेकाले सीता र गोमा एयरप्रति डोल्पालीले आपत्ति जनाएका छन् ।

‘अहिले जुफाल विमानस्थलमा यात्रुको चाप छ, उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी पनि बढेका छन् सीता र गोमा एयर भने हप्तामा नियमित उडानसमेत गर्न छोडेर पूर्वतिर उडान शुरु गरेको छ’ ठूलीभेरी नगरपालिका–९ का स्थानीयवासी अमर कठायतले भने ।

उडान थप्न दुई मन्त्रीलाई माग
हवाई टिकटको समस्या भएपछि जिल्लाबाट प्रदेश नं ६ मा मन्त्री बनेका कृषि, वन, उद्योग वातावरण तथा पर्यटनमन्त्री नन्द सिंह बुढा र संस्कृति नागरिक उड्डयन पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग पनि जिल्लावासीले सहजरुपमा हवाई उडान सुचारु गर्न अनुरोध गरेका छन् ।

‘डोल्पामा हवाई यातायातको विकल्प छैन्, जाजरकोट डोल्पा मोटरबाटो निर्माणाधीन छ, डोल्पामा सडक यातायातको पहुँच विस्तार नहुञ्जेल सम्मको लागि हवाई टिकटमा सिण्डिकेट घटाउनेदेखि सरकारी तथा निजी विमान कम्पनीलाई नियमित उडान गराउन मन्त्रीहरुले विशेष पहल गर्नुपर्छ’ त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीयवासी पूर्णकेशर न्यौपानेले भने ।

नेपाल एयरलाइन्स, सीता गोमा एयरले गर्दै आएको नियमित उडान समेत घटाएकाले हवाई टिकटको समस्या दिनप्रतिदिन बड्दै गएको हो । सरकारी विमान कम्पनी नेपाल एयरलाइन्सले पनि हप्तामा दुई पटक गर्ने उडान घटाएर एउटा बनाउँदा सर्वसाधारणलाई झनै समस्या भएको छ ।

उडान कम भएपछि जुफाल विमानस्थलमा यात्रुको चाप बढ्दै गएको नागरिक उड्डयको कार्यालयले जनाएको छ । जुफाल विमानस्थलमा तारा एयर जस्तै नियमित उडान गर्न सीता, गोमा एयरलाइन्सलाई पनि डोल्पालीले आग्रह गरेका छन् ।

सडक यातायातको पहुँच नभएको डोल्पामा जिल्ला बाहिर जानका लागि हवाई यातायात नै प्रयोग गनुपर्ने बाध्यता छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू