Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि, सबैभन्दा बढी बेलायतका ३ सय ५४ जना पर्यटक

सगरमाथा राष्ट्रिय निकुञ्जले विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु तीन हजार ३९० र सार्क क्षेत्रका पर्यटकका लागि रु एक हजार ६९५ राजश्व संकलन

शुक्रबार, २३ चैत्र २०७४, सगरमाथा पोष्ट

सल्लेरी, सोलुखुम्बु, २३ चैत

फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् ।

सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिए । अमेरिकाबाट ३७८, जर्मनीबाट ३०७ र चीनबाट २७० जना पर्यटक खुम्बु भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ ।

सार्क क्षेत्रबाट ७९ जना र सबैभन्दा कम बंगलादेश, क्रोएसिया, कम्बोडिया, लिथोनियाबाट एक-एक जना आएका छन् । बाह्य राष्ट्रका पर्यटकसँगै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपालको आन्तरिक पर्यटकको पनि आकर्षण बढेको पोष्टका प्रमुख तामाङले बताए । काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाबाट पनि पर्यटक अवलोकन, अध्ययन भ्रमणमा पुग्ने गरेका उनले बताए ।

२०७२ को फागुन महिनामा १,५९० र २०७३ को फागुन महिनामा २,७१७ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । सगरमाथा राष्ट्रिय निकुञ्जले विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु तीन हजार ३९० र सार्क क्षेत्रका पर्यटकका लागि रु एक हजार ६९५ राजश्व संकलन गरेको छ ।

फागुन महिनामा पर्यटकबाट रु ८५ लाख आठ हजार राजश्व प्राप्त भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चेका सूचना अधिकारी सहायक संरक्षण अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू