Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

सुनसरीमा सवारी दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना, घाइतेको गोल्डेन अस्पताल, विराटनगरमा उपचार

शुक्रबार, २३ चैत्र २०७४, सगरमाथा पोष्ट

इनरुवा, २३ चैत –

सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु भएको छ भने जिपमा सवार पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा धनुषा भरतपुर–२ का ३० वर्षीय बुद्दलाल विक, तनहुँ डुम्रे–१ का २२ वर्षीय अशोक अधिकारी, सप्तरी रायपुर–१ का ३५ वर्षीय पवनकुमार यादव, सप्तरी रायपुर–१ का २ वर्षीय कुलदीप यादव र १४ वर्षीय अंशु यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । घाइतेको गोल्डेन अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू