Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

महाकालीमा पुल निर्माणको काम तीव्र, हाइड्रोलिक पाइल रिग मेशिनले सहज बनायो

पक्की पुल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र सवारी साधन ओहोरदोहोर गर्न सजिलो हुने विस्वाश

सोमबार, १९ चैत्र २०७४, विक्रम गिरी र शेरबहादुर सिंह .

ओदाली, कञ्चनपुर, १९ चैत :

महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । 

पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपुर्याएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो । 

“मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल निर्माणस्थलमा भेटिनुभएका कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले भने, “अब निर्माणको काम धमाधम अगाडि बढ्छ ।” हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा पुगेसँगै दुई वटा पाइल गाड्ने काम सम्पन्न भएको छ । पुल निर्माणका लागि यस्ता ४०८ वटा पाइल निर्माण गरिने छन् । 

भीमदत्त नगरपालिका–१२ ओदालीमा महाकाली नदीमा बन्न लागेको उक्त पुल निर्माणको जिम्मा कुमार सिएसइसी जेभीले लिएको छ । पुल निर्माण हुन लागेको सो ठाउँमा महाकाली नदीको चौडाइ दुई किलोमिटर रहेको छ । त्यसको ८०० मिटर क्षेत्रमा मात्र पक्की पुल निर्माण गरिँदैछ । सो ठाउँमा आठ/आठ सय मिटर लम्बाइका चार लेनका दुई वटा पुल निर्माण हुँदैछन् । 

“महाकाली वारि र पारि ६०० मिटर लम्बाइका दुईवटा पक्की पुल निर्माण गरिने छन्”, इन्जिनियर पाण्डेयले भने, “पुल निर्माणस्थलमा पर्यटकलाई आकर्षित गर्न पोखरी र वनभोजस्थल निर्माण गर्ने योजना छ ।” 

अहिले पक्की पुल निर्माण हुन लागेको ठाउँदेखि दोधारा–चाँदनीको झोलुङ्गे पुल अढाइ किलोमिटर दक्षिणतर्फ पर्छ । पक्की पुल निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नेछ । पक्की पुल नहुँदा सवारी साधन ओहोरदोहोर गर्न समस्या हुँदै आएको थियो । “पक्की पुलले दोधारा–चाँदनीका करिब ५० हजार बासिन्दालाई सदरमुकाम महेन्द्रनगरसँग जोड्नेछ,” इन्जिनियर पाण्डेयले भने, “स्थानीय उत्पादनले सहजै बजार पाउनेछ ।” 

इन्जिनियर पाण्डेयका अनुसार गड्डाचौकीदेखि ओदालीसम्मको पहुँच मार्गमा चार वटा पक्की पुल निर्माणको काम अगाडि बढेको छ । भुजेला र गड्डाचौकीमा तीस/तीस मिटर लम्बाइका चारवटा पुल निर्माण भइरहेका छन् । यस्तै नदीको दोधारा–चाँदनीतर्फ तीनवटा स्पर निर्माणको काम सम्पन्न हुँदैछ । 

निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन तीव्र पारेको छ । निर्माणस्थल छेउमा क्रसर जडान, कामदारका लागि आवास, कार्यालय स्थापनासँगै बालुवा, ढुंगा र गिट्टी संकलन गरिएको छ । 

गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गलाई पुल निर्माणस्थल ओदालीसँग चार लेनको सात किलोमिटर पक्की सडकले जोड्ने योजना रहेको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए । 

“सडक सर्वेको काम सकिएको छ, जग्गा मुआब्जा निर्धारणको काम बाँकी छ,” योजना प्रमुख भण्डारीले रासससँग भने, “जग्गा मुआब्जाबारे बिहीबार छलफल गरिँदैछ ।” जग्गा मुआब्जाका लागि चालू आवमा रु १० करोड विनियोजन गरेको छ । मुआब्जा वितरणपछि सडक निर्माणले गति लिनेछ । पुल निर्माणका लागि करीब दुई लाख घनमिटर ढुंगा, बालुवा र गिट्टी आवश्यक पर्छ भने अहिलेसम्म करीब एक लाख घनमिटर संकलन गरिएको छ । 

दोधारा–चाँदनीतर्फ चार लेनको डेढ किलोमिटर सडक निर्माण गरिनेछ । पुलका लागि चालू आवमा रु ५५ करोड विनियोजन गरिएको भण्डारीले बताए । 

महाकालीमा बन्ने पुलको लागत रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रहेको छ । पुल निर्माण गर्न तीन वर्ष लाग्नेछ । गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुलको शिलान्यास गरेका थिए । 

पुल निर्माणपछि कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुनेछ । यहाँ अहिले सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ । केही दिनअघि नेपाल–भारतको संयुक्त प्राविधिक टोलीले सुख्खा बन्दरगाह निर्माणस्थलको अनुगमनसमेत गरिसकेको छ । 

विसं २०६० अघि महाकालीमा झोलुङ्गे पुलसमेत थिएन । दोधारा–चाँदनीका बासिन्दालाई आफ्नै देशका विभिन्न ठाउँसँगको सम्पर्क गर्न सकस हुने गरेको थियो । 

दोधारा–चाँदनी हरेक विकासका गतिविधिबाट टाढा थियो । विसं २०६१ मा महाकालीमा झोलुङ्गे पुल बनेसँगै यहाँका बासिन्दालाई आवागमनमा सहजता मिलेको हो । पक्की पुल बनेपछि भारतसितको परनिर्भरता घट्ने दोधारा–चाँदनीका बासिन्दा बताउँछन् । रासस 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू