Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द

जग्गाको मुआब्जा नपाएसम्म सडक बाटो नखोल्ने जग्गा धनीको भनाई, बन्दले यात्रु अलपत्र

सोमबार, १९ चैत्र २०७४, सगरमाथा पोष्ट

बाजुरा, १९ चैत :

बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले सोमबार बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् । 

साँफे–मार्तडी सडकमा रहेको तिपाडामा सडक निर्माणको जिम्मा लिएको पिएस कम्पनीले जग्गाको मुआब्जा नदिएको भनी पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्लाका निर्वाचित जनप्रतिनिधिसंग मुआब्जा नपाएको गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुँदा आजदेखि उक्त सडकखण्ड बन्द गरिएको जग्गा धनी धीरबहादुर सिंहले बताए । 

खेतीयोग्य जमिनमा सडक निर्माणका मुआब्जा दिने गरी सम्झौता भएअनुसार हालसम्म जग्गाको मुआब्जा नपाएका ११ जना जग्गा धनीले सडक बाटो बन्द गरिएको जानकारी दिंदै उनले भने, “जग्गाको मुआब्जा नपाएसम्म सडक बाटो नखोल्ने बताए ।” 

आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकमा सडक डिभिजन कार्यालयका प्रमुखलाई बोलाएर मुआब्जा उपलब्ध गराउन कानूनी उपचार खोज्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताएका छन् । उनले जग्गा धनीसंग बैठक बसेर मुआब्जाका लागि पहल गर्ने भनिए पनि उनीहरुले सडक बन्द गर्नुको नियत भने बुझ्न नसकिएको र बन्द सडक सञ्चालनका लागि पहल भइरहेको बताए । 

सडक बन्दका कारण जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधन भने तिपाडामै रोकिएका छन् । मार्तडी आउने र मार्तडीबाट तराईतर्फ जाने यातायातका साधन वारिपारि नै रहेका छन् । बन्दले यात्रु अलपत्र परेको बताइएको छ । रासस 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू