Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

कोटेश्वर–कलंकी सडक विस्तार

कोटेश्वर–कलंकी सडक छेउका घरटहरा नभत्काउँदा काममा अवरोध, सम्बन्धित व्यक्ति अटेर गर्दै

सडकमा बिच्छ्याइएका मेलम्ची आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समयसमयमा सडक निर्माणले गर्दा फुट्ने गरेको छ

आईतवार, १८ चैत्र २०७४, सगरमाथा पोष्ट

ललितपुर, १८ चैत

निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ ।

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए । उनले भने “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा योजनाले समन्वयको काम गरिरहेको छ ।

यो सडक खण्डमा धेरै काम सकिँदासमेत यी घरटहरा भत्काउन बाँकी ठाउँमा लामो समयदेखि काम रोकिरहेको हो । यससँगै पाइप लाइन, विद्युत्का पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समयसमयमा सडक निर्माणले गर्दा फुट्ने गरेको छ । उनी भन्छन, “सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।”

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई/दुई लेनको सहायक लेन र त्यो बाहिर एक-एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् । सडकको जम्मा लागत रु. एक अर्ब नेपाली रहेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू