Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

बियरिस ट्रेन्ट

दोहोरो अंकले घट्यो शेयर बजार, १०.७६ बिन्दुले आरोलो लागेपछि लगाईयो ‘सर्किट ब्रेक’

सोमबार ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.७६ बिन्दुले आरोलो लागेर २४९.६५ बिन्दुमा पुगेको छ

सोमबार, १२ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, १२ चैत

धितोपत्र बजार सोमबार करिब ५२ अंकले ओरालो लागेको छ ।

बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो ।

बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने सोमबार ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ ।

सोमबार कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । कूल ५२ बिन्दुले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून बिन्दु हो ।

सोमबार ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.७६ बिन्दुले आरोलो लागेर २४९.६५ बिन्दुमा पुगेको छ । सोमबार बैंकिङ ४१.९८, होटल ८१.३४, विकास बैंक ५१.२७, जलविद्युत् ६९.४९, फाइनान्स ४.७२, बीमा ३८३.९२ उत्पादन समूह ६०.९५, अन्य २१.९४ र माइक्रोफाइनान्स ७५.५२ बिन्दुले ओरालो लागेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारको तर्फबाट बजारको बारेमा सकारात्मक पहल आवश्यक भएको बताए । धितोपत्र बजारमा आएको कमीका बारेमा जानकारी दिँदै उनले शेयर बजारका लगानीकर्ता ठूलो मारमा परेको भन्दै सरकारको तर्फबाट सकारात्मक पहल जरुरी रहेको बताए।

जिम्मेवार निकायमा रहेका व्यक्तिले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै उनले अनावश्यक हल्ला र बजार प्रभावित पार्ने काम कोही कसैले पनि गर्न नहुने स्पष्ट पारे । रौनियारले अनलाइन कारोबार, वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लाबाट कारोबार गर्न पाउने व्यवस्था गरिए कारोबार बढ्ने र लगानीकर्तामा समेत विश्वास पैदा हुने सुझाव दिनुभयो ।

इन्भेष्टर्स फोरमका अर्का सदस्य केशव भण्डारीले लगानीकर्ता नराम्ररी प्रभावित भएको बताए। सरकारले लगानीकर्ताको भावना सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थी, गृहिणी, सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीले गरेको सानो सानो लगानीको पनि सुरक्षा जरुरी रहेको बताए ।

बजारमा करीव १५ लाख लगानीकर्ता रहेको इन्भेष्टर्स फोरमले दाबी गरेको छ । बजार परिपक्व नभएका कारण सानोतिनो हल्ला र प्रभावले बजार प्रभावित हुने भएकाले त्यसतर्फ ध्यान दिन लगानीकर्ताले आग्रह गरेका छन् ।

बजारमा बैंक तथा वित्तीय क्षेत्रको चाप परेको छ, ब्याजदरमा परिवर्तन भएको, हकप्रद, बोनस शेयरको समेत चाप परेका कारण बजार प्रभावित भएको छ । बजार निरन्तर ओरालो लाग्दा साना लगानीकर्ता मारमा परेको उनीहरुको टिप्पणी छ । सोमबार प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले मुनाफा गरेका छन् भने राष्ट्रिय बीमा कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू