Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डमा ड्रोन क्यामेरा लैजान निषेध

साधारणबाहेक त्यस्ताखाले कुनै पनि क्यामेरा लान गृह मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको स्वीकृत चाहिने

सोमबार, १२ चैत्र २०७४, सगरमाथा पोष्ट

रसुवा, १२ चैत : 

रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ । 

माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताए । 

उक्त क्यामेरा लान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकमाझ खल्लोपना बढेकाले यस्ता निषेधित चिजको जानकारी पदयात्रा पर्यटनको छाता संस्था ट्रेकिगं एजेन्सीज् एशोसियशन अफ नेपाल(टान)मार्फत उपलब्ध भएमा आगामी दिनको यात्रा सहज हुने अपेक्षा गरिएको पथ प्रदर्शक शेर्पाले सुझाव दिए । 

सो ड्रोन क्यामेराले रिमोटको सहायताले ५०० मिटर माथि गई श्रव्यदृश्य कैद गर्न सक्ने बताइएको छ । 

उक्त क्यामेरा लान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकमाझ खल्लोपना बढेकाले यस्ता निषेधित चिजको जानकारी पदयात्रा पर्यटनको छाता संस्था ट्रेकिगं एजेन्सीज् एशोसियशन अफ नेपाल(टान)मार्फत उपलब्ध भएमा आगामी दिनको यात्रा सहज हुने अपेक्षा गरिएको पथ प्रदर्शक शेर्पाले सुझाव दिए । 

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार साधारणबाहेक त्यस्ताखाले कुनै पनि क्यामेरा लान गृह मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको स्वीकृत चाहिने र पर्यटकबाट राखिएको ड्रोन क्यामेरा ती पर्यटक गोसाइँकुण्डबाट फर्र्किएपछि फिर्ता दिइने छ । 

लाङटाङ राष्ट्रिय नीति नियमको अधिनमा रही पर्यटकलाई दिन सकिने सेवामा कुनै कन्चुस्याइँ नगरेको समेत प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू