Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै

बियारीश ट्रेन्ड

दोहोरो अंकले घट्यो शेयर बजार, नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ ।

बिहीवार, ८ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ८ चैत

लगातार ओरालो लाग्दै आएको शेयर बजार बिहिबार पनि दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो ।

‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । बिहिबार कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेयर रु ४३ करोड ८२ लाख ५६ हजार १३४ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार नौवटै सूचक समेत ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

बिहिबार बैंकिङ ३.९६, होटल ५९.४५, विकास बैंक १०.७९, जलविद्युत् २५.२४, फाइनान्स ०.८, बीमा १२०.७, उत्पादन ३३.०६, अन्य ५.२७ र माइक्रोफाइनान्स समूह १९.२५ बिन्दुले आरोलो लागेको छ । बुधबार पनि शेयर बजार २४.४० अंकले ओरालो लागेको थियो ।

 

आरम्भको शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा आरम्भ माइक्रो फाइनान्सको प्राथमिक शेयर सूचीकृत भएको छ । सो फाइनान्सको ६ लाख कित्ता शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू