Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

बीस वर्ष पुराना १ सय १० सार्वजनिक सवारी साधन जफत

पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईद्वारा जानकारी

बुद्धबार, ७ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ७ चैत :

यातायात व्यवस्था विभागले २० वर्ष पुराना ११० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ । 
पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । 
चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत शुरु गरेका थिए । प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो । 

विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी पत्रका लागि निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो । त्यस अवधिमा १२७ सवारी पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत विभागमा निवेदन प्राप्त भएको देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९६१ रहेको विभागले जनाएको छ । 

चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत शुरु गरेका थिए । प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो । 

सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएको हो । निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी पनि हटाइनुपर्ने यातायात क्षेत्रका विकृतिविरुद्ध आवाज उठाइरहेका भक्तपुरका रामबहादुर थापाले माग गरे । 
निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी गुड्न निषेध नगर्दा सडकमा प्रदूषण कम हुन नसकेको उनले बताए । यातायात व्यवसायीको विरोधका बाबजुद विभागले सडकमा २० वर्ष पुराना सवारी गुडे/नगुडेको निरीक्षणलाई निरन्तरता दिएको छ । 

यातायात व्यवसायीले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २० वर्ष पुराना सवारी जफत गर्ने अभियान बन्द गर्न माग गरिरहेको अभियन्ता थापाले बताए । सरकारले यातायात व्यवसायीका पक्षमा नेपाल राजपत्रमा प्रकाशित भएको सूचनाविपरीत निर्णय गरे प्रदूषण एवं दुर्घटना बढ्ने उनको भनाइ छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू