Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

बेल्ट एण्ड रोड एनिसियटिभ

चीनले अगाडि सारेको नयाँ अवधारणा बिआरआईबाट नेपाल बढी लाभान्वित हुने : उपराष्ट्रपति नन्दबहादुर पुन

उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नातर्फबाट उपराष्ट्रपति पुनलाई बधाई तथा शुभकामना दिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए

मंगलवार, ६ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ६ चैत

उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिनुभएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताए। चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको उल्लेख गरे ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटवार्ता गर्न नेपालका लागि चीनका राजदूत यु होङ मंगलबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेका थिए । उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नातर्फबाट उपराष्ट्रपति पुनलाई बधाई तथा शुभकामना दिएको  उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उपराष्ट्रपतिसँगको भेटमा चिनियाँ राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेकामा चीन अत्यन्त खुशी रहेको उल्लेख गर्दै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने स्पष्ट पारे। भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीको पनि उपस्थिति थियो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू