Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

पाँच सय पचास जनालाई हराउँदै प्रथम खोटाङ आइडल बने तेजकुमार

आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन्

आईतवार, ४ चैत्र २०७४, सगरमाथा पोष्ट

खोटाङ, ४ चैत । 

सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । 

गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । 

पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताए  । 

विजेता राईलाई दिक्तेलस्थित इटिसी मोबाइल सेन्टरले रु २१ हजार मूल्य बराबरको मोटोरोला मोबाइल प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा छात्रवृत्तिमा कक्षा ९ मा अध्ययनरत राई केपिलासगढी गाउँपालिका–५, सप्तेश्वरका हुन् । 

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आइडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो, सुमन राई चौथो र दीपा राई पाँचौँ भएका छन् । 

प्रतियोगितामा दोस्रो हुनेले नगद रु २४ हजार ५७४ का साथमा तीन महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद रु १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ । 

परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीद्वारा आयोजित रियालिटी शोमा चौथो हुनेलाई रु दुई हजार ७४ नगद, एउटा गीत रेकर्डिङ र प्रमाणपत्र, पाँचौँ हुनेलाई व्यक्तिगततर्फबाट नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । गत मंसिर २३ गतेबाट शुरु प्रतियोगितामा जिल्लाका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए । 

दिक्तेलस्थित सरस्वती माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र संगीतकार भिमसेना राईले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । 

राति अबेरसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट आठमा पर्न सफल गायक उल्सन श्रेष्ठ, गायक रेवत राईलगायतले दर्शकलाई नचाएका थिए । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू