Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

अव्यवस्थित बसपार्क

नाजुक बन्दै पुरानो बसपार्क, व्यवस्थापनमा ध्यान नदिएको यात्रु को गुनासो

महानगरले बसपार्क छिर्ने सवारी साधनसँग पैसा असुल्ने तर यात्रुका लागि कुर्ने ठाउँ र बत्तीको व्यवस्था नगर्दा बेलुकीपख झन समस्या भोग्नु परेको यात्रुको गुनासो

बुद्धबार, ३० फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, फागुन ३० । 

उपत्यकाका सबै स्थान र बाहिरका केही जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधन राख्न व्यवस्था गरिएको पुरानो बसपार्कको अवस्था अझै नाजुक बन्दै गएको छ । 

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको राजधानी शहरको बसपार्क छिर्न नै समस्या हुने गरेको यात्रुहरुको  गुनासो छ । साविकको बसपार्कमा काठमाडौँ महानगरपालिकाले भ्यू टावर निर्माण शुरु गरेपछि खुलामञ्चको उत्तरी भागमा बसपार्क सारिएको थियो । 

सो बसपार्क निर्माण भएको एक वर्ष पनि नपुग्दै त्यहाँको कालोपत्र उप्किएको छ । नेपाल विद्युत् प्राधिकरण अगाडिको क्षेत्रमा पानीको दह जमेर बसपार्क छिर्न नसकिने अवस्था रहेको यात्रु समिना तामाङले गुनासो गरे । आइतबार बेलुकी पानी परेपछि बसपार्कमा दह जम्दा पनि यसको व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन । 

वीरअस्पतालपट्टिको भागबाट निजी सवारी साधनले बसपार्कलाई सडकका रुपमा प्रयोग गर्दा पनि यात्रुले बस कुरेका बखत किच्छ कि भन्ने डर हुने गरेको छ ।  

महानगरले बसपार्क छिर्ने सवारी साधनसँग पैसा असुल्ने तर यात्रुका लागि कुर्ने ठाउँ र बत्तीको व्यवस्था नगर्दा बेलुकीपख झन समस्या भोग्नु परेको यात्रुको गुनासो छ । महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बसपार्कमा बनेको दहको व्यवस्थापन गर्न भौतिक पूर्वाधार विकास विभागलाई निर्देशन दिइसकिएको जानकारी दिए ।  

“बसपार्क बनाउने निर्माण व्यवसायीले त्यहाँ छिर्ने सवारी साधनसँग पैसा उठाउन नपाएपछि मर्मत सम्भार नगर्दा समस्या आएको हो, अब केही दिनमै समाधान हुन्छ”– कार्कीले भने । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले महानगरपालिकाले बनाएको नियमअनुसार बसपार्कमा सवारी व्यवस्थापन गरेको बताउनुभयो । बसपार्कमा निजी सवारी साधन नछिराउनका लागि महानगरले निर्देशन दिनुपर्ने उनको भनाई थियो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू