Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

झापा गोल्डकप

आर्मी क्लबलाई झापा गोल्डकपको उपाधि, सडन डेथमा हार्यो आयोजक

झापाका कर्ण लिम्बूले हाइएस्ट स्कोरर हुँदै नगद ५१ हजार रुपैयाँ प्राप्त गरे, झापाका मिडफिल्डर योगेश गुरुङ मस्ट भ्यालुएबल प्लेयर बनेका छन्

मंगलवार, २९ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौँ फागुन २९ 

आयोजक रमपम झापा-११ लाई सडन डेथमा ८-७ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको उपाधि जित्न सफल भएको छ ।

निर्धारित समय १-१ को बराबरी भएपछि खेलमा १५ मिनेट समय थप गरिएको थियो। थपिएको समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा समेत ३-३ गोल भएपछि खेल सडन डेथमा गएको थियो। सडन डेथमा झापाका गोलकिपर किशोर गिरीको प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले रोकेपछि उपाधि आर्मीको पक्षमा गएको थियो।

४९औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। खमिर गिल्सन कन्दङ्वाले मिलाइदिएको पासलाई लिम्बूले सुन्दर गोल गरेका थिए। अन्तिम समयको १० मिनेट झापा सम्हालिन नसक्दा उपाधि हात पार्ने मौका चुकाएको थियो। स्ट्राइकर भरत खवासले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

उपाधिसँगै आर्मीले १२ लाख ५१ हजार रुपैयाँ हात पारेको छ। उपविजेता झापाले ६ लाखमा चित्त बुझायो।तेस्रो संस्करणमा झापाका मिडफिल्डर योगेश गुरुङ मस्ट भ्यालुएबल प्लेयर बनेका छन्। उनले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गरे। प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका बिकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेस्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए। उनीहरूलाई क्रमशः ३१ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।

त्यस्तै झापाका कर्ण लिम्बूले हाइएस्ट स्कोरर हुँदै नगद ५१ हजार रुपैयाँ प्राप्त गरे। उनले प्रतियोगिताभर तीन गोल गरेका थिए। फाइनल खेलमा झापाका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विजेतालाई नगद तथा ट्रफी प्रदान गरेका थिए।

 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू