Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बस पुगेपछि

अर्घाखाँचीको सिस्नेमा पहिलो पटक बस पुग्यो,स्थानीयवासी हर्षित

पहिलो पटक आफ्नो गाउँमा बस पुग्दा स्थानीयवासी नाच्दै गाउँदै बस चालक, सहचालक तथा वडा अध्यक्ष भीम केसीलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए

शुक्रबार, २५ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, २५ फागुन 

नेपालकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँची शितगंगा नगरपालिका–९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । पहिलो पटक आफ्नो गाउँमा बस पुग्दा स्थानीयवासी नाच्दै गाउँदै बस चालक, सहचालक तथा वडा अध्यक्ष भीम केसीलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए । 

चुनावको बेला विकास निमार्णको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएका वडाअध्यक्ष केसीले आफ्नो प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयवासी खुशी भएका छन् । प्रत्येक दिन दिउँसोको ३ः३० बजे चन्द्रौटा, धानखोला हुँदै सिस्नेखोलाका लागि बस छुट्ने भएको छ । 

बाटो फराकिलोसँगै ठाउँ÷ठाउँमा तटबन्ध निर्माण र हिम पाइप बिछ्याउने काम हुँदै गरेको छ । विकास निमार्णमा पछाडि परेको यो क्षेत्रमा अहिले भने जनताका आशा पलाएको छ । बाटो निर्माण, पशु कृषि अनुदान जस्ता विकास निर्माणका धेरै काम यहाँ भइरहेको छ । 

शितगंगा नगरपालिकाकै महत्वपूर्ण मानिने उक्त ट्र्याक बैरिया, सिमलपानी ,चाक्ला, सिद्धारा हँुर्दै आउने भएकाले त्यसको स्तरवृद्धि सम्पन्न भएसँगै सिस्ने खोलासम्म बस सञ्चालन गरिएको हो । निकट भविष्यमै शितगंगा नगरपालिकाको रिङरोड बनाउने योजना रहेकाले पनि त्यो बाटोलाई महत्वका साथ लिने गरिएको छ । 
––– 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू