Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

कार्यक्रम स्थगित

किन डराए सलमान खान विप्लबसंग ? सलमानको टुँडिखेलमा हुने कार्यक्रम विप्लबका कारण स्थगित

विप्लव समूहको चेतावनीसंगै सलमानले नेपाल नआउने सन्देश आएको थियो, असुरक्षित महसुस गर्दै सहभागीता जनाउन नचाहेको खुलासा

शुक्रबार, १८ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, १८ फागुन । 

बलिउडका लोकप्रिय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । सलमानको ‘दबंग द टुर’ अन्तर्गत उक्त कार्यक्रम १० मार्चमा काठमाडौंमा हुने यसअघि नै तय भएको थियो। विप्लव समूहको चेतावनी दिएसंगै सलमानले नेपाल नआउने सन्देश आएको थियो । कार्यक्रम आयोजक ओडीसी इन्टरनेसनलले ‘दबंग द टुर’ रद्द भएको समाचार नयाँ पत्रिकाले लेखेको छ ।

आफू सहभागी हुने कार्यक्रका विषयलाई लिएर एक राजनीतिक दलले विरोध जनाएपछि सलमानले कार्यक्रममा असुरक्षित महसुस गर्दै सहभागीता जनाउन नचाहेको बताइएको छ यध्यपी आयोजक ओडीसीले इन्टरनेसनले कार्यक्रम  स्थगित भएको औपचारिक घोषणा गरिसकेको छैन र आउने बातावरण मिलाउन प्रयासरत रहेको बताएको छ ।

सलमानको ‘दबंग द टुर’ १० मार्च अर्थात् फाल्गुण २६ गते काठमाण्डुमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो । विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू