Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

मेला

धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला, तीन करोडभन्दा बढीको कारोबार हुने अनुमान

मेला भर्न डडेल्धुरा, कैलाली, कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी तथा दर्जनौँ व्यापारीहरुको समेत उपस्थिति

आईतवार, १३ फागुन २०७४, सगरमाथा पोष्ट

कञ्चनपुर, १३ फागुन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला लागेको छ । प्रतिवर्ष यहाँ फागुन शुक्लपक्षको दशमी तिथिका दिन मेला लाग्ने गर्छ । मेला भर्न डडेल्धुरा, कैलाली, कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी 'मुडका बाबा'को दर्शनका लागि पुगेका छन् । बिहानैदेखि मुडका बाबाको ३० हजार भन्दा बढी दर्शनार्थीले दर्शन गरी प्रसाद ग्रहण गरेको वैजनाथ सनातन धर्म संरक्षण समितिका अध्यक्ष भरतबहादुर ऐरले बताएका छन् ।  गएरातिदेखि नै मेलामा व्यापार गर्न छिमेकी जिल्ला कैलाली र निकटवर्ती भारतीय क्षेत्रबाट दर्जनौँ व्यापारीसमेत यहाँ पुगेका छन् । मेलामा रु. तीन करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । मुडका क्षेत्रको दर्शन गरेमा इच्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गर्छ । मुडका धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ । मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने कारण यस क्षेत्रको नाम मुडका धाम रहेको स्थानीयवासी बूढापाकाको भनाइ छ । समुद्री सतहदेखि झण्डै ३०० मिटर उचाइमा रहेको मुडका क्षेत्र चारैतिर हरियो सालको वनले घेरिएको छ । पूर्व–पश्चिम राजमार्गभन्दा झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेको आश्रयस्थल रहिआएको थियो ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू